arrow

‘वर्तमान सरकार दुईदिनको घामछायाँ’ रामचन्द्र पौडेल

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
निर्मल खत्री, म्याग्दी ।  नेपाली कांग्रेस जिल्ला समिति म्याग्दीले संबिधान कस्तो बन्यो एकताको अभियान लिएर गाउँ अभियनको मंगलबार कार्यकर्ता भेला गरि कांग्रेस’अभियानको शुभारम्भ गरेको छ । नेपालको संविधान २०७२ निर्माणमा नेपाली कांग्रेसको योगदानका साथै वर्तमान जटिल परिस्थितिमा उक्त संविधान कार्यान्वयनमा पार्टीको भूमिकाका सन्दर्भमा जिल्ला व्यापिरुपमा उक्त अभियान संचालन गर्न लागिएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति रापचन्द्र पौडेलले संविधानसभाले निर्माण गरेको नयाँ संविधान दक्षिण एसियाकै प्रगतिशील भएको बताएका छन् । महिला, आदीबासी जनजाति, मधेशी, दलित, थारु, पछाडि पारिएका बर्ग, क्षेत्र र समुदायका नागरिकलाई अधिकार सम्पन्न बनाएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिए । ‘नयाँ संविधानले सबै किसिमका ढोका खोलेका छन्, यसले समुन्नत र समृद्ध राष्ट्रको खाका कोरेको छ, नेपाली काँग्रेस म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको ‘कस्तो बन्यो संविधान, एकताको अभियान’ को उद्घाटन गर्दै उनले भने, ‘यसको देशव्यापी प्रचार र जनतालाई बुझाउन आवश्यक छ, त्यसको अगुवाई काँग्रेसले गर्छ ।’ 

‘तराईको समस्या संसद्बाट हल गरिनुपर्छ, त्यसमा अपुग भएका कुराहरु तलमाथि र सुधार गर्न सकिन्छ, उनले भने, ‘अहिले मधेशी मोर्चा पनि यसैको वरपरमा छ, केहि दिनमै यसमा सहमति जुट्छ ।’ समानुपातिक समावेशी र कम्तिमा एक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरि जनसँख्याको आधारमा निर्वाचन क्षेत्र गराउने विषयमा सहमति जुट्ने उनको भनाई छ ।

प्रधानमन्त्रीको निर्वाचनमा पार्टीले उम्मेद्वार दिएर टाढिएको मधेशलाई संविधान भित्र ल्याएको भन्दै उपसभापति पौडेलले सरकारको पछिल्ला गतिविधीका कारणले सहमतिमा पुग्न समस्या भएको उल्लेख गरे । वर्तमान सरकारलाई दुईदिनको घामछायाँको संज्ञा दिदै उनले ६ वटा उपप्रधानमन्त्री बनाउन सरकार आफ्नो बोझले आफै ढल्ने टिप्प्णी गरे । ‘काँग्रेसले सरकार ढाल्नुपर्दैन यो आफै ढल्छ, उनले भने । पार्टीको भविश्यका लागि आन्तरिक गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिदै उनले आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन लागिएको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ