arrow

कैलालीमा जङ्गली हात्तीको उपद्रो बढ्दै

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
Running_wild_elephant_in_Sri_Lanka.JPG.jpeg
धनगढी। कैलाली जिल्लाको दक्षिण सीमावर्ती रतनपुरलगायतका गाविस क्षेत्रमा जङ्गली हात्तीको झुण्डले खेतमा लगाइएको बालीमा क्षति पुर्‍याएको छ । रातिको समयमा आउने हात्तीले केही हप्ताअघि मात्रै छरेको गहुँ, सिँचाइका लागि खेतमा राखिएको पम्पिङ्सेट, तरकारी बालीमा क्षति पुर्‍याउन थालेपछि हैरानी खेप्नुपरेको स्थानीयवासीले बताएका छन् । 
 
सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको झुण्ड नजिकै रहेको कैलालीको बसन्ता वन क्षेत्रमा दिउँसोको समयमा चरनमा रहने गरेको बताइएको छ । जङ्गली हात्तीले उपद्रो मच्चाउन थालेपछि रातिको समयमा स्थानीयवासी आतङ्कित हुनथालेका छन् । यसअघि वर्षे धानबालीको समयमा पनि हात्तीले कैलाली जिल्लाको सीमावर्ती कैयौँ क्षेत्रको धानबालीमा क्षति पुर्‍याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ