arrow

के–के हुन् स्वास्थ्यमन्त्री थापाले बोकेका मुख्य तीन कार्यभार ?

डा.केसीको लडाईका कारण धेरै ठूलो उपलब्धि भएको छ

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
gagan-thapa-press-meet-new-a.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो मुख्य तीन कार्यभार रहेको प्रस्ट्याएका छन् । मन्त्रालयको मासिक पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले आफु मन्त्रालयमा आउनु भन्दा अघिको मुलुकको समग्र स्वास्थ्य अवस्था र संरचना तथा आफु मन्त्री भइसकेपछि भएको उपलब्धिहरु सुनाउँदै संविधान कार्यान्वयन, आधारभूत स्वास्थ्य सेवा सुधार र नीतिगत सुधार मुख्य कार्यभार रहेको प्रस्ट्याएका हुन् । 
 
मन्त्री थापाले संविधानले तोकेको संरचना निर्माण र नीतिगत सुधारलाई बढी प्राथमितामा राखेको समेत पत्रकार सम्मेलनमा जानकारी गराए । संविधान कार्यान्वयनका सन्दर्भमा नेपालमा स्वास्थ्य सेव पुनःसंरचनाको लागि अध्यन गर्न र भिजन पेपर निर्माणका लागि उच्चस्तरीय कार्यदल गठन, ६ महिना भित्रमा संघीय, प्रादेशिक र स्थानीय तहको स्वास्थ्य सेवा प्रवाहको संस्थागत खाका तयार भइसक्ने र जनस्वास्थ्य ऐन, आधारभूत स्वास्थ्य सेवा ऐन लगायत आवश्यक कानून तर्जुमाका लागि मस्यौदा तयार भइरहेको उल्लेख गरेका छन् । 
 
यस्तै, औषधिको आपूर्ति तथा नियमित व्यवस्थापन, औषधि गुणस्तर र मूल्य नियमन, अस्पताल फार्मेसी, औषधि तथा तिकित्सा सामाग्री गुणस्तर नियम, अस्पताल सुधार, स्थानीय स्वाथ्य संस्था सुदृढिकरणमा हिजो भएका काम र आज भइरेका कामबारे थापाले स्पष्ट पारे । सुशासन, ऐनमा यसअघि व्यवस्था नभएको हरेक नेपालीको स्वास्थ्य बीमाबारे समेत थापाले मुख्य जोड दिएका छन् । 
 
यस्तै, नीतिगत विषयमा स्वास्थ्य सेवा ऐनको संसोधन, जनस्वास्थ्य ऐनको मस्यौदा तयार, बीमा ऐनको मस्यौदा तयार, प्रजनन स्वास्थ्य ऐन निर्माणको तयारी, स्वास्थ्य नीतिको परिमार्जन, राष्ट्रिय आयुर्वेद नीतिको परिमार्जन गने, चिकित्सक परिचालन निर्दे्शिका संसोधन र एम्बुलेन्स नीति परिमार्जन गर्ने लगायत छन् । 
 
म मन्त्री भएपछि डा. गोविन्द केसी अनसन बस्नु पर्दैन भन्ने लागेको थियो !
स्वास्थ्यमन्त्री थापाले आफु मन्त्री भएपछि डा.गोविन्द केसी अनसन बस्नु पर्दैन थियो भन्ने लागेको बताए । मन्त्री थापाले भने, ‘तर मलाई केसीले केहि समय माग्दा सात दिनभन्दा काम गर्ने समय दिनु भएन । त्यो ७ दिनको समयले प्रक्रियागत रुपमा काम गर्न भ्याइएको छैन ।’ डा केसीको मागको सम्वोधनको लागि नै चिकित्सा शिक्षा ऐन संसदीय समितिमा पुगेको उनले बताए । 
 
संसद बन्द हुने समय आइसक्दा पनि केसीको मागलाई सम्वोधन गर्ने अभिप्रायका साथ सञ्चालनमा रहेको उल्लेख गर्दै थापाले अगाडि भने, ‘संसद बन्द गर्ने कार्यतालिका लम्ब्याएर भएपनि ऐन समितिमा गएको छ । केसीले उठाएका माग र अन्य कुरालाई समेटेर ऐन संसदको समितिमा गएको हो ।’ ऐन नबन्दासम्म अन्य काम रोकिने कुराले सरकार पनि प्रेसरमा छ ।
 
डाक्टर भर्नाको अनियमिततामा संलग्न उपकुलपतिमाथि कारबाही अघि बढिसक्यो 
 
थापाले डाक्टर भर्नाको प्रसंगमा अनियमितता रोक्न मन्त्रालयले कार्वाही प्रक्रिया अघी बढाएको बताए । मन्त्री थापाले भने, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३ वटा स्पोन्सर कोटामा भएको अनियमिततामा संलग्न उपकुलपतिलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।’ सहकुलपतिको हैसियतले थापाले कारबाही अघि बढाएका हुन् । यस्तै थापाले मेडिकल काउन्सिलको बैठक बोलाएरै अनियमितता रोक्ने प्रयास गरेको उल्लेख गरे । 
 
लोकमानलाई महाभियोग लगाउने कुरा ? 
थापाले यस विषयमा नेपाल सरकारको धारणा नहुने बताए । मन्त्री थापाले भने, ‘संवैधानिक निकायमाथि सरकारको कुनै धारणा रहन सक्दैन । यो संसदको काम हो ।’ केसीलाई आग्रह छ । सरकारले गर्न सक्ने तपाईको माग पुरा गर्न सरकार गम्भीर र प्रतिवद्ध छ । केसीको आन्दोलनका कारण सरकारले प्रेरणा पाएको छ । थापाले थपे, ‘ यो एक पटक लड्ने लडाइ होइन । यो नियमितताको लडाई हो । केसीको लडाईका कारण धेरै ठूलो उपलब्धि भएको छ ।’ यसलाई संस्थागत गर्दै लैजानु पर्दछ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ