arrow

सबैभन्दा ठूलो डाईनासोरको कङ्काल भेटियो

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
dinosaur.jpeg
एजेन्सी। ब्राजिलका जीव बैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन् । भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर २५ लामो हुनुपर्ने अनुमान गरिएको छ । 
 
यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबभन्दा विशाल भएको दाबी गरिएको छ । 
 
“अस्ट्रोपोसिडन म्याग्निफाइकस” नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी “टिटानोसोर्स” प्रजातिको सदस्य रहेको समेत रियो डे जानेरियोमा अवस्थित भू–विज्ञान सङ्ग्रहालय (अर्थ साइन्स म्युजियम)का वैज्ञानिकहरुले बताएका छन् । 
 
हाल फेला परेका प्रजातिका डाइनासोर १४ करोड पचासलाख वर्ष अघिदेखि छ करोड साठीलाख वर्ष अघिसम्म पृथ्वीमा बिचरण गरिरहेका विश्वास गरिएको छ । 
 
वर्तमान विश्व मानचित्रमा दक्षिण अमेरिकाका केही खण्ड, अफ्रिका, आन्टार्टिका र ओसेनिया पर्ने पृथ्वीको भूभागमा यस्ता खाले डाइनासोरको अस्तित्व रहेको पनि अनुमान गरिएको छ । 
 
ब्राजिलका फोसिल वनस्पति विज्ञानविद् लिवेलिन इभोर प्राइसले मक्किएर जम्न लागेको उक्त मेरुदण्ड कङ्काल सन् १९५० मै देखेका थिए । 
 
यस बारे अध्ययन, अनुसन्धान पूरा हुन नपाउँदै सन् १९८० मा वैज्ञानिक प्राइसको मृत्यु भएकाले यस तथ्य ओझेलमा पर्न गयो । तर सम्बन्धित वैज्ञानिकहरुले यसको अध्ययन, अनुसन्धानलाई निरन्तरता दिइरहेका थिए । 
 
प्राइसको मृत्यु भएको छत्तीस वर्षमा सो अध्ययन, अनुसन्धान पूरापछि डाइनासोरको उक्त कङ्कालको इतिहास र यथार्थ खुलासा भएको हो । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ