arrow

विदेशीलाई खुसी बनाउन संविधान संशोधन गर्न सकिँदैनः महासचिव पोखरेल

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
Ishor-pokhrel.jpeg.jpeg
काठमाडौँ। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको औचित्य नरहेको बताएका छन्।
 
टोखा केव मिनी फनपार्कद्वारा दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाली जनताको लामो सङ्घर्षबाट संविधानसभाले जारी गरेको संविधान विदेशीलाई खुसी बनाउन संशोधन गर्न नसकिने बताए। 
समयसापेक्ष देश र जनताको चाहनामा संविधान परिवर्तन हुने बताउँदै नेता पोखरेलले भने–“देशमा विद्यमान समस्या समाधानका लागि सबै दलको सहकार्य र समन्वयमा चुनाव चाँडो गर्नुपर्छ। ”
 
कार्यक्रममा सांसद मीरा ध्वजुले काठमाडौँबाट नजिकै रहेर पनि पौराणिकस्थल टोखाको पूर्वाधार तथा विकास निर्माण तीव्र गतिमा हुन नसकेकामा चिन्ता व्यक्त गरे। कार्यक्रम आयोजक संस्थाका संयोजक मनिराज डङ्गोलले सबै जाति र समुदायका संस्कृतिलाई सबैलै स्विकारेमा सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ