arrow

एउटै युवती छुट्टा–छुट्टै दुई जङ्गलमा सामूहिक बलात्कारको सिकार

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
rep.jpg.jpeg
जाजरकोट । जाजरकोटको तरङ्गा गाविस–५ घर भएकी १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवक पक्राउ परेका छन् ।  आइतबार सुर्खेत बसपार्कबाट जिपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई तीन युवकले घर लगिदिने बहानामा जबर्जस्ती मोटरसाइकलमा राखेको र काँक्रेविहारको जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको रहस्य खुलेपछि उनीहरूलाई प्र्र्र्रहरीले पक्राउ गरेको हो । 
 
काँक्रेविहारको जङ्गलमा बलात्कार गरेपछि पीडित युवतीलाई उनीहरुले पुनःसुर्खेत वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा लगेर बलात्कार गरेका र युवतीलाई जंगलमै छोडेर भागेका थिए । पीडित युवतीले किटानी जाहेरी दिएपछि बलात्कारमा संलग्न तीनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 
प्रहरीका अनुसार बलात्कारको आरोपमा वीरेन्द्रनगर–१ का ३० वर्षीय टोपबहादुर गुरुङ, ३१ वर्षीय विनोद जिसी र ३१ वर्षकै शेरबहादुर केसी पक्राउ परेका हुन् ।  अदालतबाट म्याद थप गरेर तीनैजनालाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ