arrow

डिजिटल छोरी, १७ वर्षे जवान

logo
प्रकाशित २०७३ असोज २६ बुधबार
digital-daughter.jpeg
टोकियो । जापानमा साया सबैभन्दा बढी ठूली सेलिब्रिटी बनेकी छिन् भन्दा फरक नपर्ला । अचम्म त के भने आम केटीहरुजस्तै देखिने साया डिजिटल छोरी हुन् । उनलाई गत वर्ष जापानको टोकियोस्थित एक कम्प्युटर ल्याबमा तयार गरिएको हो । 
 
स्कुल ड्रेसमा टाइ लगाएर कोरेको कपालसहित जब उनी अगाडि बढ्छिन् तब आम मानिसलाई पत्तो नै हुँदैन कि साया मानिस हैनिन् । 
 
सायालाई बनाउने महिला ग्राफिक आर्टिस्ट युका इशिकावा भन्छिन्, ‘जब कसैले सायालाई देख्छन् तब उनीहरु भन्न थाल्छन् यिनलाई मैले कहीं देखेको छु । वा ऊ त फलानी जस्तै छ ।’
 
युका र उनका पतिले एकैपटक सायाको तस्वीर अनलाइनमा पोष्ट गरेका थिए । तब उनीहरुलाई लाग्यो कि कम्प्युटबरबाट के कमाल गर्न नसकिने रहेछ र । 
 
उनीहरुले सायाको अनुहारमा अझ चमक ल्याउने कामसमेत गरेका छन् । युको भन्छिन्, ‘सायालाई अझ बढी मानवीय बनाउन टाउकोदेखि औंलासम्म विशेष ध्यान दिएर काम गरेका छौं ।’
 
साया १७ वर्षकी जस्ती देखिन्छिन् । (एजेन्सी)
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ