arrow

इन्टरनेट विस्तार गर्न पचास लाख

logo
प्रकाशित २०७३ असोज २८ शुक्रबार
internet.jpeg
बाबियाचौर । पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् ।
 
म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । 
 
देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु पचास लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिए । 
 
मोनाका पदाधिकारीका साथै केही देशबाट सहयोग प्राप्त भएको छ । सबै देशमा रहेका मोनाको कार्यसमितिमार्फत सहयोग सङ्कलन कार्यलाई निरन्तरता दिइएको छ । 
 
हालै बेनीमा भएको मोनाको प्रथम साधारणसभाले वित्तीय स्रोत व्यवस्थापनका लागि जिविस र मोनाबीच भएको सम्झौतालाई अनुमोदन गरेको थियो । 
 
मोनाको विश्वका २२ देशमा राष्ट्रिय समिति गठन भएको छ । रु चार करोड लागत अनुमान गरिएको योजनाका लागि नेपाल ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले पचास प्रतिशत लगानी गर्न सहमति जनाएको छ ।
 
 वित्तीय स्रोत व्यवस्थापन भएको छ महिनाभित्र सबै बस्तीमा इन्टरनेट पु¥याउने गरी तयारी भएको छ । 
 
मोनाको पहलमा प्रवासी म्याग्देलीबाट स्थानीयस्तरमा सङ्कलन गर्नुपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि सहकार्य गरिएको जिविसले जनाएको छ । 
 
दुर्गम क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा अत्याधुनिक सञ्चार प्रविधिको सुविधा उपलब्ध गराउन जिविसले सबै बस्तीमा इन्टरनेट सेवाको पहुँच पु¥याउने योजना सञ्चालन गर्न लागेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ