arrow

मधेशी माथी छानविन गर्न अख्तियारलाई दबाब

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
aayog.jpg.jpeg
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूख्य सत्ता साझेदार दुई दल एमाले र एकिकृतमाओवादीका दोस्रो तहका नेताहरुलाई छानविन गर्न थालेपछि अन्य दलका नेताहरुलाई पनि छानविन गर्न दबाब पर्न थालेको छ । 
केही काँग्रेस नेताहरु यसअघि नै कारबाहीमा परिसकेकाले अव अख्तियारले लामो समय सत्तामा बसेका मधेशी मोर्चाका नेताबारे समेत छानविन गर्नु पर्ने दबाब पर्न थालेको हो । 
 
सरकारमै रहेका बेला प्रिपेड घुस लिने र घुस विनाका कुनै पनि काम नहुने गरेको भन्दै मधेशी नेताहरुको चर्को आलोचना हुने गरेको स्मरण गर्दै उनीहरुविरुद्ध छानविन गर्नु पर्ने दबाब पर्न थालेको अख्तियार श्रोतले जनाएको छ । तत्कालिन समयमा उनीहरुले भ्रष्टाचार गरेको सम्बन्धि समाचारहरु संचार माध्यमहरुमा आउने गरेकाले उनीहरुप्रति मौन हुदा अख्तियारको भूमिकामाथि नै प्रश्न उठ्ने भन्दै केही व्यक्तिहरुले मधेशी नेताबारे छानविन थाल्नु पर्नेमा जोड दिएका छन् । 
 
आयोगका प्रमुख आयुक्त लोमान सिंह कार्कीले आयोगले गर्नु पर्ने र गरेका कामका बारेमा सार्वजनिक रुपमा सुझावका लागि आह्वान गरेपछि उहाँलाई सुझाव दिनेहरुले मधेशी मोर्चाका केही नेतालाई छानविन गरेमा आयोगप्रतिको विश्वास र लोकप्रियता निकै बढ्ने बताएका छन् । 
 
मोर्चाका नेताहरुबारे छानविन गर्न थालेमा अख्तियारले भारत विरोधीहरुलाई छानविन गर्न थालेको भन्दै एमाले र एमाओवादीका नेताहरुले लगाएको आरोप पनि असत्य सावित हुने आयोगलाई सुझाब दिनेहरुको ठम्याई छ । भारत विरोधीलाई मात्रै छानबिन गरेको आरोपको खण्डनका लागि पनि मधेशी मोर्चाका केही नेताहरुलाई छानविन गर्नु पर्ने दबाब अख्तियारलाई परेको छ । 
 
अख्तियारमा उजुरी दिनेहरुले मोर्चाका राजेन्द्र महतो, महेन्द्र राय यादव, उपेन्द्र यादव लगायतलाई छानविनका लागि प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन् । तर, सुरुमै मोर्चाका शीर्ष नेताहरुलाई नै छानविन गर्न थाल्दा राजनितिक दबाबले उद्धेश्य पुरा हुन नसक्ने भएकाले एमाले र एमाओवादी झै दोस्रो तहका नेताहरुलाई छानविन गर्ने संभावना छ । 
 
संविधान सभाको पहिलो निर्वाचन देखि दोस्रो निर्वाचन सम्मको अवधिमा पटक –पटक मन्त्री भएका दोस्रो तहका नेताहरु छानविनका लागि प्राथमिकतामा पर्न सक्ने धेरैको अड्कल छ । आ–आफ्नो पार्टीमा अहिले खासै पकड नभएका नेताहरु नै अख्तियारको शिकार हुन सक्ने धेरैको विश्लेषण छ । 
 
भ्रष्टाचार प्रकरणमा संलग्न भनिएका मधेशी मोर्चाका नेताहरुलाई छानविन गर्न अख्तियारलाई दबाब दिनु पर्ने विषयमा एमाले र एमाओवादीमा पनि छलफल भएको छ । मोर्चाका नेताहरुबारे छानविन हुन थालेमा प्रमुख दलहरु मात्रै नभई मधेशी दलहरु पनि भ्रष्टाचारमा संलग्न छन भन्ने सन्देश जानुका साथै उनीहरु पनि अख्तियारप्रति जाईलागेपछि आफ्ना पार्टीका नेताबारेको छानविन पनि रोकिन सक्ने एमाले र एमाओवादीका नेताहरुको बुझाई छ । 
 
एमाले–एमाओवादीको रणनितिक चाहना र सार्वजनिक दवाव तथा उजुरीका आधारमा मधेशी मोर्चाका केही नेताबारे छानविन थाल्नै पर्ने कडा दबाब परेकैले मोर्चातर्फ अख्तियारले कदम चाल्न सक्ने धेरैको अड्कल छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ