arrow

कात्तिक ४ मा महास‌ंघको विशेष साधारणसभा, के होला विधान स‌ंशोधन ?

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
Fncci_50-Years.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको छैटौं संशोधन सहितको विधान पारित गराउनको लागि महासंघको विशेष साधारण सभा आउँदो कात्तिक ४ गते काठमाडौंमा बस्दैछ । नेपाली सेनाको मुख्यालय आर्मी अफिसर्स क्लबमा हुन लागिरहेको विशेष साधारण सभामा महासंघसँग आवद्ध रहेका हरेक जिल्ला उद्योग वाणिज्य संघ, बस्तुगत संघ र एशोसिएट्स सदस्यहरुको सहभागिता हुँदैछ । 
 
मुलुक संघीय संरचनामा गएपछि महासं३ले पनि आफलाई एकात्मक ढाँचाबाट संघीय ढाँचामा बदल्नको लागि विधान संशोधन गर्न लागेको भएपनि यसमा संघात्मक ढाँचाका साथै अन्य विषयपनि प्रवेश गराईएको छ । 
 
संघात्मक संरचना बाहेक पनि अन्य विभिन्न विषयमा संशोधनको प्रस्ताव गरिएपछि अबको विशेष साधारण सभामा केही विषयमा चर्काे बहस चल्ने अवस्था रहेको जिल्ला उद्योग वाणिज्य संघहरूमा हाम्रा कुरा डट कमले गरेको सर्भेक्षणले पनि देखाएको छ । 
 
महासंघमा अहिले प्रस्ताव गरिएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने प्रस्तावमाथि धेरै सदस्यहरूले आपत्ति जनाएका छन्  । त्यस्तै, सदस्यता लिनको लागि जिल्ला उद्योग वाणिज्य संघले पूरा गर्नुपर्ने २० लाखको थ्रेस होल्ड र सदस्यता संख्यामा पनि धेरैले आपत्ति जनाएका छन् । यस बाहेक पनि दफा दफामा धेरैले बहस गर्ने तयारी गरिरहेको सर्भेक्षणले देखाएको छ । 
 
जसले गर्दा पनि प्रजातान्त्रिक पद्धतिलाई महासंघका सदस्यहरूले बहस र छलफलको माध्यमबाट थप निखार्ने तयारी गरिरहेको विश्वस्थ स्रोतले जानकारी दिएको छ । महासंघमा कोषाध्यक्ष थप गर्ने विषयसँगै १० परिच्छेदमा कूल ६५ विषयमा संशोधनको प्रस्ताव गरिएको विधान समितिले जानकारी दिएको छ । 
  
विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालले भने विवाद चुलिने कुरै नभएको भन्दै यो विषय सर्वसम्मत रूपमा पारित हुने ठोकुवा गरे । उनले महासंघ व्यवसायमुखी भन्दा पनि राजनीतिमुखी बन्न थालेको र सरकार पछिको देशभर सञ्जाल भएको यस्तो महत्वपूर्ण संस्थाले आफ्नो व्यवसायिक मर्यादा भुल्न खोजेको हो कि भन्ने गुनासाहरू समेतलाई चिर्नको लागि पनि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नु ठीक रहेको तर्क गरे । उनले यो वा त्यो अध्यक्ष बन्छ भनेर तर्क गर्नु भन्दा पनि पद्धति बसेपछि सबैजनाले यो मौका पाउछन् भन्ने तर्फ पनि सोच्ने हो भने उद्योग वाणिज्य महासंघमा नयाँ पद्धतिको विकास हुने तर्कपनि संयोजक ढकालले गरे । 
 
जसबाट बहुमतले विधान पारित भएको खण्डमा यस आगामी अध्यक्षको रूपमा अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन् भने त्यसपछि भावी अध्यक्ष अर्थात् वरिष्ठ उपाध्यक्षको उम्मेदवारीलाई चासोका साथ हेरिनेछ । अहिलेको उक्त विभान संशोधन समितिमा ढकालको संयोजकत्वमा पदाधिकारीहरूसहित विभिन्न बस्तुगत संघको नेतृत्व पनि रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ