arrow

साफ यु–१९ च्याम्पियन नेपालको एएफसी यु–१९ खेल्ने सपना चक्नाचुर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
157714981.jpeg
काठमाडौं । अर्को वर्ष बहराइनमा हुने एएफसी अण्डर नाइन्टिन फुटबलको फाइनल खेल्ने नेपालको सपना चक्नाचुर भएको छ । नेपाल १९ वर्ष मुनिको छनोट फुटबलबाटै बाहिरिएपछि फाइनल चरण खेल्ने सपना चक्नाचुर भएको हो । निराशाजनक प्रदर्शनसँगै समूहको उपविजेता बन्दै उत्कृष्ट पाँचभित्र पर्दै फाइनल चरण खेल्ने नेपालको सपना तुसारापात भयो । 
 
इरानमा भएको समूह चरणको खेलमा १ अंकमात्र हासिल गरेको नेपाल समूहको पुछारमा रहँदै बाहिरियो । 
 
मंगलबार नेपाल समूहको अन्तिम खेलमा जोर्डनसँग ३–० ले पराजित भयो । खेलको १५ मिनेटभित्रै दुई गोल खान पुगेको नेपाल दबाबमा परेपछि गोल गर्न सकेन । इन्जुरी जोडर्ननले थप एक गोल गरेपछि नेपालले ३–० को लस्जास्पद हार बहोरेको हो । 
नेपालले पहिलो खेलमा इरानसँग १०–० ले पराजित हुँदा दोस्रो खेलमा कुवेतसँग १–१ को बराबरीमा रोकिएको थियो । 
 
गत महिना घरेलु भूमिमा साफ यु–१९ च्याम्पियनसिप जितेको नेपाली टोलीबाट बढी नै अपेक्षा गरिएको थियो । साफ यु–१९ च्याम्पियनसिपमा जोर्डनलाई हराएको नेपाल इनरानमा चल्न सकेन र सतही प्रदर्शनमै समेटियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ