arrow

एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
moist.jpg.jpeg
काठमाडौँ । एकीकृत नेकपा(माओवादी)को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहनुपर्ने भएकाले आजको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।” बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथिको छलफल जारी थियो । विगत एक सातादेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशा, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल चलिरहेको मुख्यसचिव पाण्डेले जानकारी दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ