arrow

महासंघको विशेष साधारण सभाको सम्पूर्ण तयारी पूरा, विधान तयार

logo
प्रकाशित २०७३ कार्तिक २ मंगलबार
fncci-building-123.jpeg
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकोको बिहीबार बस्न लागेको विशेष साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । छैटौं संशोधन सहितको प्रस्तावित विधान पारित गराउने मूल एजेण्डा लिएर अघि बढेको महासंघले यसैको पूर्वसन्ध्यामा कार्यसमिति बैठक पनि बुधबारको लागि डाकेको छ । 
 
विशेष साधारण सभामा पेश गर्ने प्रस्तावित विधानको पनि सम्पूर्ण तयारी पूरा भईसकेको महासंघको छैटौं संशोधन गर्नको लागि बनेको विधान समितिका संयोजक चण्डीराज ढकालले जानकारी दिए ।
 
ढकालका अनुसार अहिलेसम्म जम्मा २ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघले संशोधन प्रस्ताव पेश गरेका छन् । त्यसबाहेक अन्य बस्तुगत एशोसिएट्स र जिल्ला तथा नगर उद्योग वाणिज्य संघले संशोधन नपठाउनु भनेको विधानमा सहमति जनाउनु सरह रहेको ढकालको बुझाई थियो ।  
 
हाम्रा कुरासँग कुराकानी गर्दै संयोजक ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट आएको थोरै संशोधनको प्रतिक्रियाले विधान समितिले पेश गरेको विधानलाई सबैले स्वीकार गरेको स्पष्ट भएको भन्दै विधान पारित हुनेमा विधान समिति ढुक्क रहेको बताएका छन् । 
 
उनले भने ‘हामीले बनाएको विधानमा धेरैले यसरी स्वीकार गरेको देख्दा म आफैंमा आफू नै प्रफुल्लित बनेको छु । केही असन्तुष्टिहरू रहनु त स्वभाविक नै कुरा हो ।’
 
विधान समितिले यस भन्दा अगाडि केही जिल्ला उद्योग वाणिज्य संघहरूले असहमति जनाएको भएपनि यसको सकारात्मक पक्षको बारेमा थाहा पाएपछि भने धेरैले यो विधानको स्वागत गरेको जनाएको छ । 
 
समितिले भने अनुसार नै सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले यसमा सहमति जनाएका हुन् भने प्रस्तावित विधान ४ गते पारित भएपछि नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व समेत सोही दिनबाट निर्धारित हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ