arrow

२१ बुलेट ग्याँस आयो, केही नाका सहज, रक्सौलमा रोकिएका ग्याँस बुलेट छोड्न थ्रेट

logo
प्रकाशित २०७२ मंसिर २४ बिहिबार
gass-bullet .jpg.jpeg
विराटनगर । भारतसँग सीमा जोडिएका व्यापारिक नाकाहरु विहीबार केही सहज बने पनि मूख्य नाकाहरु वीरगन्ज र भैरहवामा अवरोध जारी रहयो । विहीबार साँझसम्म विराटनगर–जोगबनी नाका भएर २८ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल, १४ बुलेट ग्यास र १ ट्रक औषधि नेपाल आएको भन्सार कार्यालयले जनाएकाे छ । यस्तै, ७० बढी मालबाहक गाडी नेपाल भित्रिए । 
 
नेपालगन्ज–रुपैडिहा नाकाबाट साँझसम्म ३४ ट्यांकर डिजेल, ५ ट्यांकर पेट्रोल, ४ ट्यांकर हवाई इन्धन, ७ बुलेट ग्याससहित १ सय ७८ मालबाहक गाडी नेपाल भित्रिएका भन्सार अधिकारीहरुले जनाएका छन् । पूर्वी नाका काँकडभिट्टा–पानीट्यांकी हुँदै विहिबार १३ ट्यांकर डिजेल. ४ ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेल र ६४ मालबाहक गाडी  नेपाल भित्रिए । 
 
कैलालीको गौरीफन्टा नाकाबाट विहीबार दिउँसोसम्म १३ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोल, १ ट्यांकर हवाई इन्धनसहितका मालबाहक गाडीहरु नेपाल भित्रिए । यस्तै, गड्डा चौकी पनि सहजै देखिएको छ । तर, सुनौली नाकाबाट मोर्चाका कार्यकर्ताले गाडीहरु छानि–छानि छोडेका छन् । सो नाकाबाट मालबाहक गाडी आएपनि इन्धनका गाडी आएका छैनन् । वीरगन्जको रक्सौल नाकामा लाइनमा रहेका ग्याँस बुलेट लिक हुन थालेपछि त्यहाँका स्थानीय त्रसित भएका छन् । उनीहरुले रोकिएका ग्याँस बुलेटहरु तत्काल गन्तव्यतिर जान मोर्चाका कार्यकर्तालाई आग्रह गरेका छन् । 
 
सीमा पारिका स्थानीयले मोर्चाका कार्यकर्ताले आफुहरुको आग्रह नमाने बल प्रयोग गरेर भएपनि बुलेटहरु गन्तव्यतिर पठाउने चेतावनीे दिएका छन् । केही दिन अघि मात्रै मितेरि पुलमा भारतीय समूहले मोर्चाका कार्यकर्तालाई आक्रमण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ