arrow

नेपाली विद्यार्थीले नेपाललाई बुझ्न सक्नुपर्छ : केदारभक्त माथेमा

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
kedar-bhakta-mathema-news.jpeg
पोखरा । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाले नेपाली विद्यार्थीले सर्वप्रथम नेपाललाई बुझ्न सक्नुपर्नेमा जोड दिएका छन् । 
 
र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालद्वारा आयोजित ‘जोन हल्टको असफल स्कुल’ पुस्तकबारे परिचर्चा एवं अन्तक्र्रिया कार्यक्रममा माथेमाले विद्यार्थीमा सर्वप्रथम देशको पहिचान हुनु अपरिहार्य भएको बताए ।  
 
शिक्षा क्षेत्रको समग्र विकासका लागि सम्वद्ध सबै पक्ष र निकायको सहकार्य एवम् सामूहिक प्रयास आवश्यक रहेको बताउँदै उहाँले सो पुस्तकमा व्यक्तिको पहिचान उसका गुण, रुचि एवं विश्वासका आधारलगायतका धेरै विषय मननयोग्य भएको धारणा राखे । 
 
विद्यार्थीको समग्र रुचि तथा उसको क्षमताका आधारमा मात्र अध्ययनका लागि विषय छनोट गर्नुपर्नेमा नेपालमा पछिल्ला समयमा अभिभावकले जसरी पनि चिकित्सक बनाउन खोज्नेजस्ता प्रवृत्ति अन्त्य हुनुपर्ने माथेमाको भनाइ छ ।  
 
शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले नेपालको समग्र शिक्षा पद्धतिलाई सुधार गर्न एक अर्कामा आरोप प्रत्यारोपणबाट सम्भव नहुने भएकाले सबैको साझा र एकतावद्ध प्रयास आवश्यक भएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ