arrow

सुदूरपश्चिममा उन्मुक्तिलाई भाग मिल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
nagarik-unmukti-party-sudurpachhim.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भाग मिलेपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि नागरिक उन्मुक्ति सरकारमा जान तयार भएको हो ।

उन्मुक्तिले २ मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन् । संसदका ४ समितिलाई बढाएर ६ बनाउने र २ वटा समिति नागरिक उन्मुक्तिलाई दिइने भएको छ । त्यस्तै नागरिक उन्मुक्तिले एक राज्यमन्त्री पनि पाउने भएको छ ।

कांग्रेस–माओवादी गठबन्धन नबन्दासम्म सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा थियो । नागरिक उन्मुक्तिको विश्वास पाउने आशासहित माघ २७ मा कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त भएका थिए । 



नयाँ