arrow

फेसबकुले पुर्‍यायो प्रहरी फन्दामा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ कार्तिक ५ शुक्रबार
facebook_messenger.jpg.jpeg
तेह्रथुम। फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उनकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्ग नगरपालिका–१० का बलबहादुर तामाङ र उनकी कान्छी श्रीमती सीता पुन लाई पक्राउ गरेको हो ।
 
घरमा छोडेका श्रीमती र छोरा–छोरीलाई भुलेर फेसबुकको साइनोलाई विवाहमा परिणत गर्दा गाउँ फर्किए लगत्तै जेठी श्रीमतीको उजुरीपछि तामाङको जोडी प्रहरी फन्दामा परेको हो । ३८ वर्षे तामाङले फेसबुकबाट चिनेकी दाङको धर्ना–२ बस्ने १९ वर्षीय सीतासँग नेपाल फर्केपछि असोज २८ गते विवाह गरेका थिए । जेठी श्रीमती असारी तामाङको उजुरीपछि तामाङलाई उनकी कान्छी श्रीमतीसहित पक्राउ गरिएको हो । 
 
यस्तै २६ वर्षीय विकले हेटौंडाकी २५ वर्षीय सम्झनासँग असोज २१ गते दोश्रो विवाह गरेको र उनकी जेठी श्रीमती पुनम विकको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । पैसा कमाउन परदेश गएका श्रीमान्‌ले अर्की श्रीमती ल्याएको ढिलोमात्र थाहा पाएपछि पुनमले कात्तिक–२ गते प्रहरीमा उजुरी दिएकी थिइन् । जेठी श्रीमतीको जाहेरीका आधारमा उनीहरु विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक पुरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ