arrow

नेवारीमा छंगु फिगर कोकाकोला(भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
725566711.jpeg
काठमाडौं । फिल्म पब्लिसिटीका लागि आजकल अनेक तौर तरिका अपनाइने गरिन्छ । आगामी कार्तिक ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म अधकट्टीले पनि अहिले नौलो किमिसको पब्लिसिटी अपनाएको छ । फिल्मको चर्चित गीत ‘फिगर कोकाकोला’लाई नेवारी भर्सनमा रेकर्ड गरेर ‘छंगु फिगर कोकाकोला’ बनाइएको छ ।

सञ्चारकर्मी सुब्रट आचार्यको डेब्यु निर्देशन रहेको फिल्मको नेवारी भर्सन गीतमा गीतमा नृत्य गर्ने नायिका अशिष्मा नकर्मी र यमन श्रेष्ठले स्वर दिएका छन् । गीतको भिडियो चाहिँ नेपाली ओरिजिनल ट्रयाककै छ ।

प्रदीपकुमार उदयले निर्माण गरेको फिल्मको नेपाली भर्सन ग्ीतमा प्रल्हाद तिमल्सिना र जेनिशा पौडेलेका रहेको छ । नेवारी भर्सनको गीतको रुपान्तरण चर्चित कमेडियन मदनकृष्ण श्रेष्ठले गरेका हुन् । गायक यमन मदनकृष्णका छोरा हुन् ।

निर्देशक सुब्रतले नेवारी फिल्ममा अशिष्मा सर्वाधिक हिट नायिका भएकाले आफुहरुले फिल्मको प्रवद्र्धनमा नयाँ शली अपनाउन नेवारी गीत बनाएको बताए । पिःल्ममा अशिष्मासहित गौरव पहारी, प्रदीप बास्तोला, विलसन विक्रम राई, रिस्ता बस्नेत, गजित विष्ट, नम्रता श्रेष्ठलगायतको अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ