arrow

महाभियोगको प्रक्रिया अघि बढिसक्यो, चलखेलले केही विगार्दैन : सभामुख घर्ती

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
onsari.jpeg
काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले महाअभियोग प्रस्ताव अघि बढिसकेकाले त्यसमा कसैले खलखेल गर्न नसक्ने बताएकी छन् । 
 
आइतबारको संसद बैठकबाट बाहिरिने क्रममा संचारकर्मीलाई प्रतिक्रिया दिँदै सभामुख घर्तीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढिसकेकेकाले चलखेलले केही नविगार्ने बताइन् । उनले भनेकी छन्, ‘प्रस्तावकले नै प्रस्ताव फिर्ता लिनुभयो भने अर्कै कुरा हो । नभए तलमाथि हुन सक्दैन ।’
 
सभामुखले संसदमा छलफल आरम्भ भएपछि सदनको महाअभियोग सिफारिस समितिले एक साताको समय पाउने र एक महिनाभित्र संसदले निर्णय दिइसक्ने बताएकी छन् । 
 
यस्तै, उनले कांग्रेसको केन्द्रीय समिति बैठक र संसदीय दलको निर्णय नआएकाले उसले मागेको समय बमोजिम छलफल सारेको सुनाइन् । प्रस्तावबारेको छलफल मंगलबार मात्र हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ