arrow

लोकमान अपारदर्शी र एकलकाटे : महाभियोग प्रस्तावक शाही

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
sahi-news-lokman-aa.jpeg
काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमाथि व्यवस्थापिका संसदमा छलफल आरम्भ भएको छ । 
 
महाअभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले बैठकमा प्रस्ताव पेश गर्दै लोकमानसिंह कार्कीले अनुचित कार्य र भ्रष्टाचारलाई प्रश्रय दिएको उल्लेख गरे । 
 
उनले कार्की अपारदर्शी र एकलकाटे ढंगले काम गरेको र आफै मुलुकको कार्यकारी हो भन्ने हेक्का राखेर राष्ट्र सेवक र नीति निर्माताहरुलाई लखेटेको बताए । 
 
पछिल्लो समय आफुलाई ज्यान मार्ने धम्की आएको बताउने सांसद शाहीले कार्कीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको ठोकुवा गरे । उनले २००७ को परिवर्तन, झापा विद्रोह, २०४६ सालको परिवर्तनमा राजाले देखाएको रबैया सम्झिँदै लोकमान पनि त्यही शैलीबाट प्रेरित भई काम गरिरहेको सुनाए । 
 
जनताको आँखामा छारो हालेर अर्बौँको भ्रष्टाचार गरेकै कारण महाभियोग प्रस्ताव दर्ता गरेको बताए । सार्वभौम संसदका सदस्यहरको वुद्धिमतापूर्वक निर्णय रहेको भन्दै उनले भने, ‘कार्कीबारे थप रहस्य संसदको महाभियोग सिफारिस समितिले खोल्ने छ ।’
हामी एक सय ५७ सांसदले संविधानको धारा २३८ को उपधारा ४ (ग) अनुसार महाभियोग दर्ता गरेका हौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ