arrow

खुकुरी हानाहान हुँदा दुई यूवा घाइते

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1780612966.jpeg
 
जितेन्द्र भण्डारी । पाँचथर। जिल्लाको सिदिन गाविसमा युवा समूहवीच आपसमा भएको झगडामा दुई यूवा घाइते भएका छन् । घाइते हुनेमा स्थानिय मणि कुमार राई र मन कुमार राई रहेका छन् ।घाइतेमध्ये मणिकुमार राईको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
 
उनको टाउँको र कानमा चोट लागेको छ । अर्को घाइते मनकुमारको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाउँमा भएको फुटवल प्रतियोगिताको विषयलाई लिएर विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ