arrow

राखेपका ५० पूर्व कर्मचारीले उपप्रधानमन्त्री निधिबाट सम्मान थापे

logo
प्रकाशित २०७३ कार्तिक १० बुधबार
nidhi-bata-sammanit.jpeg

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व कर्मचारीहरुलाई सम्मान गरेका छन् । राखेप कर्मचारी संघले वुधबार गरेको सम्मान कार्यक्रममा गृहमन्त्री निधिले सेवानिवृत्त पूर्व कर्मचारीहरुलाई  सम्मान गरे । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविविधिक र प्रशासन तर्फका विभिन्न तहका ५० कर्मचारी सम्मानित भए ।

सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, धनबहादुर बस्नेत, भीम थापा, केशव गौतम, कपिलकिशोर श्रेष्ठ, शिवभक्त जोशी, दीपराज गुरुङ, अशोकराज पाण्डे, शान्ती सिंह, वृजेन्द्रबहादुर हमाल, नारायणबहादुर प्रधान, सुरेन्द्र सुवाल, कृष्ण थापा छन् ।

यस्तै, मोहन गुरुङ घले, ध्रुवविक्रम शाह, ध्रुवबहादुर केसी, श्रीराम रन्जितकार, महेन्द्रलाल श्रेष्ठ, सुरेश सिंह आले, सोहन सिन्हा, सुरेन्द्र खाती, सत्येन्द्र बस्नेत, रुद्रप्रसाद ढकाल, बुद्धिसागर चापागाईं, लक्ष्मीनारायण वैद्य, रामनारायण राय, भगिरथ आले, लोकप्रसाद ओली, सन्तोषकुमार बानियाँ, जितेन्द्र चौधरी, शम्भु केसी, पूर्णमान वज्राचार्य, रामशरण अधिकारी, विजयमान राजभण्डारी, डा. प्रदीप जोशी, हरिबहादुर श्रेष्ठ, वैजुनाथ कपाली, नन्दलाल यादव, विकुलाल चौधरी, श्यामकुमार मण्डल, कैलाश श्रेष्ठ, कृष्णबहादुर लामा, लक्ष्मण महत तथा राजकुमार गौतम पनि सम्मानि भएका छन् । उनीहरुलाई उपप्रधान एवं गृह मन्त्री निधिले कदर पत्र प्रदान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ