arrow

मन्त्रिपरिषद् बैठक : के भयो निर्णय ?

घरेलु तथा साना उद्योग विकास समितिको संचालक समितिको अध्यक्षमा दिपेन्द्र आचार्य नियुक्त

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
cabinet-sthaniye-tah-nirnaye.jpeg

काठमाडौं । सरकारले भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउने दिन  सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की)ले जानकारी दिए ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी आगामी कात्तिक १७ गते नेपालको तीन दिने राकीय भ्रमणमा आउँदैछन् । राष्ट्रपति मुखर्जी जनकपुर, लुम्बिनी जाने कार्यक्रम समेत छ । यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तिथि अझै यकिन भएको छैन । कुटनीतिक तहबाट पहल भइरहेको बताइन्छ ।

यस्तै, मन्त्रीपरिषद् बैठकले घरेलु तथा साना उद्योग विकास समितिको संचालक समितिको अध्यक्षमा दिपेन्द्र आचार्यलाई नियुक्त गरेको छ । सिन्धुली झाँगाझोलीका आचार्य अध्यक्ष नियुक्त भएको मन्त्री कार्कीले जानकारी दिए । यस्तै, थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ