arrow

देशभक्त कानून ब्यवसायीको तेस्रो साधारणसभा सम्पन्न

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
944534350.jpeg
काठमाडौ । देशभक्त कानून ब्यवसायीहरुको तेस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।रिपोर्टर्स क्लब नेपालको हलमा सस्थाका सदस्यहरुको उपस्थितिमा साधारणसभा आयोजना गरिएको हो । साधारणसभासहित आयोजना गरिएको नेपालको संविधान र नेपाल भारत सम्बन्ध विषय अन्र्तक्रियामा कानून ब्यवसायीहरुले धारणा राखेका थिए ।
 
बरिष्ठ अधिवक्त कृष्ण प्रसाद भण्डारीले नेपाल भारतवीच देखिएको मतभेद राष्ट्रहितको आधारमा समाधान गर्नु पर्ने भन्दै नेपाल भारतको सम्बन्ध अटुट भएकोले कसैले टुटाउन नसक्ने दावी गरे ।अधिवक्ता गुरु प्रसाद बरालले नेपाल भारत सम्बन्ध नंङ मासु जस्तै भएको भन्दै अहिलेको गतिरोध नंगबाट मासु छुट्टीदा भएको घाउको सज्ञा दिए ।
 
नेपाल बार एसोसिएसनका पूर्व महासचिव रमण श्रेष्ठले नेपाल र भारतको सम्बन्ध स्वाभिमानका आधारमा हुनु पर्ने भन्दै यो मामिलामा सरकार दुरदर्शि हुन नसकेको तर्क गरे । अर्का पूर्व महासचिव विजय मिश्रले नेपालले भारतसँग घुडा नटेकी आफ्नो भुपरिबेष्ठित अधिकारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उठाउनु पर्ने बताए ।
 
सर्वोच्च अदालतका पूर्व रजिष्टार श्रीप्रसाद पण्डितले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गराएर नेपाललाई सिक्किम र भुटान बनाउन खोजिएको दावी गरे ।डेमोक्रेटिक लयर्स एशोसिएनका अध्यक्ष भरत खरेलले देश आत्मनिर्भर नभएसम्म यस्तो अवस्था आईरहने भएकोले देशलाई विकासको बाटोमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए ।
 
सर्वोच्च बारका उपाध्यक्ष राजु बस्नेतले नेपाल र भारत सम्बन्ध नेता हितमा नभई राष्ट्र हितमा हुनु पर्ने जिकिर गरे ।मधेसी जनजाति महिला काून ब्यवसायी संघकी अध्यक्ष मनोहर साहले नेपालको माया मधेसलाई बढी भएको भन्दै सीमामा बसेर देशकोहित गरिरहेको तर्क गरिन ।
 
देशभक्त कानून ब्यवसइ संघका नवनिर्वाचित अध्यक्ष राजकुमार थापाले बर्तमान मन्त्री परिषदका सदस्यहरु नै विभिन्न देश परस्त हुनु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको भन्दै एउटा बहुलाएर ढुंगा हाने अर्कोले ढुंगा हान्न नहुने तर्क गरे । पीपीएलएका अध्यक्ष रुद्रप्रसाद शर्माले नेपाल भारत सम्बन्ध विग्रिएर कसैलाई पनि नाफा नरहेको दावी गरे ।हस्तरेखा विशेषत्र अधिवक्ता पद्मराज काफ्लेले नेपालमा भारतमुखी सभासद हुने क्रम नरोके नेपालको अवस्था पनि सिक्किमकै जस्तो हुने बताए ।
शान्ति राईले यो संविधानमा ९० प्रतिसत जनजातिको समर्थन रहेको दावी गरिन ।
 
देशभक्त कानून ब्यवसायी संघका प्रमुख संरक्षक बालकृष्ण न्यौपानेले नेपाललाई फिजी र सिक्किमीकरण हुनबाट रोक्नु पर्ने भन्दे देशभक्तहरुलाई सबैले साथ दिनुपर्ने बताए ।अधिवक्ता जेएन पाण्डेले नेपालको नैसर्गिक अधिकार भारतले कुण्ठित पार्न नसक्ने दावी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ