arrow

सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
news-PM-g-ko-yojana.jpeg

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने बताएका छन् । आफु निर्वाचित भएको सिरहा क्षेत्र– ५ को एक प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने बताए ।

सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजना अघि सारेको बताउँदै सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माणमा पहल गर्ने समेत बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले पूर्व पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने विश्वास दिलाएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

पूर्वमन्त्री विश्वनाथ साह, क्याप्टेन देवकुमार लामाको प्रतिनिधि मण्डलले सिरहाको खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस निर्माणमा पहल गर्न आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ