arrow

लाङटाङ्ग चढेका प्रकाशको सगरमाथा चढेरै छोड्ने धोको

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
prakashraj-pande-news.jpeg

काठमाडौं । स्काउटर प्रकाशराज पाण्डले पर्वतारोहणलाई तीव्रता दिएका छन् । केही महिना अघि रसुवाको लाङटाङ्ग हिमालको आरोहण गरेका पर्वतारोही प्रकाशले हालै सोलुखुम्बुको आइल्याण्ड पिकको सफल आरोहण गरेका छन् ।

नेपाल स्काउटसँग जोडिएका उनले कात्तिक ६ गते (अक्टोबर २२) विहान् साढे ७ बजे ६१६० मिटर उचाईको आइल्याण्ड पिकको उनले सफल आरोहण गरेका हुन् । उक्त पिकको चुचुरोमा पाण्डेले राष्ट्रिय गान गुञ्जाउँदै राष्ट्रिय झण्डा र  स्काउटको झण्डा समेत फहराए ।

प्रकाशले गएको असार १२ गते रसुवाको लाङटाङ्गस्थित ५८९० मिटर उचाईमा रहेको ‘वेडेन पावेल स्काउट पिक’को सफल आरोहण गरे ।

अब प्रकाशको लक्ष्य सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने रहेको छ । उनले भनेका छन्, ‘खब मेरो लक्ष्य नेपालको गौरव सगरमाथा चढ्ने हो ।’ वेडेन पावेल स्काउट पिकको सफल आरोहण गर्ने उनी दोस्रो स्काउटर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ