arrow

दीपकुमार उपाध्याय र लिलामणि पौड्याल राजदूत नियुक्त

उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा पनि

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
sital-niwas.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपकुमार उपाध्यायलाई भारत र लिलामणि पौड्याललाई गणतन्त्र चीनका लागि  नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

काठमाडौं निवासी उपाध्याय पहिले पनि भारतका लागि नेपाली राजदूत रहिसकेका छन् । उपाध्यायलाई एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएकामा पुनः सिफारिस भई संसदीय सुनुवाईको प्रक्रियाबाट उनी फेरि नियुक्त भएका हुन् ।

यस्तै, नेपाल सरकारको पूर्व मुख्य सचिव रहिसकेका गुल्मी बलेटक्सारका लिलामणि पौड्याल जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । पौड्यालले पहिले चीनमै बसेर नेपालका लागि काम गरिसकेका छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवैलाई राजदूतमा नियुक्त गरेकी हुने । राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ