arrow

चुनौतीको सामना गर्न सहमतिको सरकार बन्नु पर्छ : महामन्त्री सिंह

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
6978195.jpeg
पोखरा, २३ असोज । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतको अघोषित नाकाबन्दी र मधेसवादी दलको आन्दोलनलाई सामना गर्न सबै राजनीतिक पार्टी सम्मिलित सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नु भएको छ । राष्ट्रिय जनमोर्चा कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सत्ताको लुछाचुडी भएको बेला राष्ट्रियता खतरामा पर्ने गरेको बताउँदै विगतको ‘भद्र सहमति’का आधारमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएमा उपयुक्त हुन्छ भन्नु भयो । 
 
भारतले गरेको नाकाबन्दीलाई चुनौती र अवसरको रुपमा लिनुपर्ने बताउँदै महामन्त्री सिंहले राष्ट्रको स्वाभिमान जोगाउन सबै राजनीतिक दल दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ