arrow

लंका जितेर फर्किएको खुशियालीमा अयोध्यामा यसरी भएथ्यो पहिलो दीपावली

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
Dipawali.jpeg
काठमाडौं । आईतबार नेपाल तथा भारतमा धुमधामका साथ दीपावली पर्व मनाउँदै छन् । दीपावली पर्वको आ–आफ्नै विशेषता रहेको छ । यसमध्ये पनि दीपावलीलाई विशेष  चासोका साथ सञ्चारमाध्यममा समेटेका भारतीय सञ्चारमाध्यमहरूले भने यसलाई रामचन्द्र लंकाबाट अयोध्या फर्किएको उपलक्ष्यमा मनाईएको पर्वको रूपमा प्रस्तुत गरेका छन् । जुन कहानी ७ हजार वर्ष भन्दा पुरानो कहानी हो । 
 
आज भन्दा ७०९० वर्ष पहिले रामले रावणलाई मारेर लंकाबाट अयोध्या फर्किएका थिए । पुष्पक विमानबाट यात्रागर्दा रामले २४ दिन लगाएर अयोध्या पुग्दा बाटामा उनी ८ वटा ठाउँमा विश्राम गरेका थिए । भारतीय अनलाईन संस्करण दैनिक भास्करले रामले बास बसेको ८ वटा स्थानको विषयमा आफ्ना रिपोर्टरहरुले विशेष खोजी गरेर तथ्यहरु सार्वजनिक गरेको जनाएको छ । यसरी यात्रा गरेर अयोध्या फकिएका रामलाई स्वागत गर्नकोलागि मनाईएको दीपावली अहिलेसम्म पनि पनि प्रचलनमा रहेको भारतीय मिडियाको दाबी छ । यसरी अयोध्या फर्किएपछि पहिलोपटक रामले दीपावली मनाएको बताईएको छ । प्रस्तुत स्थानको विषयमा रामायणले पनि कहानी बताएको छ । 
 
यस्तो रह्यो लंकादेखि अयोध्यासम्मको यात्रा 
 
रावणलाई मार्नासाथ राम ब्रह्महत्याको दोष मेटाउनको लागि रामेश्वरम पुगे । त्यहाँ रहेको अग्नीतीर्थमा पुगेर स्नानादी कर्म गरेका उनको पहिलो विश्रान्ति रामेश्वरम्मा नै रह्यो । त्यसपछि उनी आफ्नो अर्काे यात्रा तर्फ लागे । त्यसपछि उनी लागे कर्नाटका तिर । युद्धमा आफ्ना साथी सुग्रिब तथा अन्यका पत्नी÷ पतिका साथ उनी कर्नाटकामा रहेको किस्किन्दा नगरीमा पुगे । जुन समय इषापूर्व ५०७६ वर्षपूर्वको डिसेम्बर २३ तारिकमा थियो । त्यसको ठीक दुईदिन पछि २५ डिसेम्बरको दिन उनी पुगे कर्नाटक कै कचनगिरीमा । त्यहाँ उनले हनुमानको आमासँग भेटेर उनको आमाको हातको खाना खाए । 
 
त्यसपछि २८ डिसेम्बरका दिन नासिकको सुन्दर दण्डकवन भन्ने ठाउँमा । त्यहाँ पुगेर उनले महर्षि अगस्त्यको आश्रममा पुगे र त्यहाँ रहेको ऋषिहरुसँग आशीर्वाद लिए । चित्रकूटमा रहेको चित्रकूट ऋषि आश्रममा उनी पाँचौ बास बसे । त्यहाँ उनले बनवास जाँदा भेटेका ऋषिहरुसँग साक्षात्कार गरे । प्रयागमा रहेको भारद्वाज आश्रममा उनको छैटौं बसाई बस्यो । त्यहाँ उनीहरूले गंगामा स्नान गरे बनवास जाने समयमा सीताले बचन दिएका कारण उनीहरू गंगा भेट्न गएका थिए । जुन बसाईको दिन थियो २९ डिसेम्बर । १ तारिकमा उनीहरू पुगे इलाहबाद । उनीहरू गंगा पारीपट्टि रहेको नाविकको घरमा पुगेर त्यहाँ पनि बास बसे । जुन नाविकले राम बनबास जाने समयमा उनलाई गंगा पार गराईदिएको थियो । 
 
राम दुई तारिकको दिन अर्थात् कात्तिक कृष्ण औशीका दिन आठौं बसाईको रूपमा अयोध्या स्थित नदीग्रामको मुख्य द्वारमा प्रवेश गरेका थिए । जहाँ पुगेर रामले भरतलाई कुरेर बसे । त्यस बेलामा हनुमानले भरतलाई सबै कुरा सुनाईसकेका थिए । त्यतिबेला रामजन्मभूमिका मुख्य पुजारी आचार्य सतेन्द्र दासका अनुसार राम त्यहाँ पुग्नुभन्दा पहिले भरत र त्यहाँका जनता उनलाई स्वागत गर्न आतुर थिए । रामलाई देख्नासाथ भरतले भएर दाजुको आँगालेमा परे र दुबैले आँशु खसाले । 
 
यसरी मिलन भएपछि रामको जुत्ता बोकेर भरत सहितको टोली रथमा बसी अयोध्या नगर भित्र पसे । त्यहाँ चारै तर्फ वत्ति बलिरहेको थियो । बाटोभरी फूलैफूलले स्वागत गरिएको थियो । पटाका पट्काएर रामको स्वागत गरिएको थियो भने कसैले नाचगान गरेर दीपावली मनाईरहेका थिए । सहन्दूहरु यसलाई पहिलो दीपावली मान्दै अहिलेसम्म पनि दीपावली मान्दै आईरहेका छन् । 
 
यसरी अङ्ग्रेजी मितिमा सबै कुराको वर्णन गरिएको भएपनि यो तिथीमा भने मिल्न गएको छैन । अङ्ग्रेजी मितिमा २ तारिकको कुरा गरिएको छ तर यो वर्षको दीपावली ३० तारिकमा नै पर्दैछ । जुन ४ दिन अघि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ