arrow

छमछमी नाचेपछि सभामुखले भनिन्– संविधान संशोधन र महाअभियोग चाँडै टुंगिन्छ

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
onsari-chamchami-nachin.jpeg

काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै चाँडै टुंगिने अपेक्षा गरेकी छन् ।  

आईतबार रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीबीच घर्तीले संविधान संशोधन र महाअभियोग प्रस्ताव दुवै सहमतिमै टुंगिने बताएकी हुन् ।

सभामुख घर्तीले भनिन्,‘संविधान संशोधनको विषयमा अहिले दलहरुबीच छलफल भैरहेको छ, यो विषयमा सहमतिमै टुँगोमा पुग्नेमा म विश्वस्त छु ।’ त्यस्तै उनले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावपनि दलहरुको सहमतिमै टुंगिने विश्वास गरिन् ।   

सभामुख घर्तीमगरले संविधान संशोधन र निर्वाचनको लागि आवश्यक पर्ने ऐन कानूनहरु द्रुत गतिमा निर्माण भैरहेकाले राजनीतिक सहमतिमै तीन वटै निकायको चुनावपनि समयमै हुने बताईन् ।

उनले मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न दलहरु मिल्नुको विकल्प नभएको धारणा राखिन् ।कार्यक्रममा सभामुख घर्तीमगरका दम्पती नै छमछमी नाचे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ