arrow

मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
rambarn-bhet-mukharji.jpeg

काठमाडौँ  । भारतका राष्ट्रपति प्रणव मुखर्जी र पूर्व राष्ट्रपति डा. रामवरण यादवबीच शिष्टाचार भेट भएको छ ।

भेटका अवसरमा दुबैबीच नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हित र चासोका विषयमा छलफल भयो । पूर्व राष्ट्रपति यादव केही दिन अघि मात्रै अमेरिकाबाट उपचार गराएर फर्किएकाले मुखर्जीले डा. यादवको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका बताइएको छ ।

राष्ट्रपति मुखर्जी र पूर्व राष्ट्रपति यादवबीच व्यक्तिगत मित्रतासमेत छ । अध्ययनका क्रममा यादव कोलकातामा रहँदा मुखर्जीसँग मित्रता गाँसिएकाे थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ