arrow

निःशुल्क दिईने औषधी ५१ जिल्लामा खरिद

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
mohp-building.jpeg
काठमाडौं। चालु आर्थिक बर्षको बजेटबाट बिहीबार सम्म ५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन्।  अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले जानकारी दिए।  उनले स्वास्थ्य मन्त्रालयले अहिले सम्मकै सवै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताए। “मैले यस मन्त्रालयमा काम गर्न थालेको २१ बर्ष भयो, यति चाडौ औषधी खरिद प्रक्रिया भएको मलाई थाहा थिएन,” डा दाउदले भने। 
 
उनीहरुले ३ लाख रुपैया बराबरको औषधी किनिसकेका हुन् भने बाँकी औषधी किन्नका लागि बिहीबार सम्ममा ३३ ओटा जिल्ला जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेका छन्। वाँकी जिल्लाले पनि एक हप्ता भित्रमा बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ। केन्द्रमा आपुर्ती महाशाखाले १६ गते नै वोलपत्र आह्वान गरेको हो भने जिल्ला जनस्वास्थ्य कार्यालयहरुले अहिले आह्वान गरिरहेका छन्।
 
जनस्वास्थ्य कार्यालयहरु मध्ये सवै भन्दा धेरै काठमाडौंले ७५ लाख र सवै भन्दा थोरै मनाङले १३ लाख रुपैया बराबरको औषधी किन्ने भएका छन्। 
 
पाँच ओटै क्षेत्रीय निर्देशनालयहरुले पनि एक दुई दिन भित्रमा बोलपत्र आह्वान गरिसक्ने डा दाउदले बताए। क्षेत्रीय निर्देशनालय मध्ये धनकुटाले ६० लाख, हेटौंडाले ७५ लाख, पोखराले ६० लाख, सुर्खेतले ५५ लाख र डोटीले ५० लाखको औषधी किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेका हुन्।
 
बोलपत्र आह्वान गरेपछिका वाँकी सवै प्रक्रिया पुरा गर्दा बढीमा २ महिना भित्रमा औषधी ल्याईसकिने निर्देशक डा दाउदले बताए। मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गर्न लागेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ