arrow

डेपोर्टीभोले बार्सिलोनालाई रोक्यो

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
La-leagea.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा डेपोर्टीभो लाकोरुनाले उपाधि दावेदार बार्सिलोनालाई बराबरीमा रोकेको छ । शनिबार राति बार्सा घरेलु मैदानमै २–२ को बराबरीमा रोकिएको हो । यो बराबरीले बार्साको अग्रतामा खासै असर नगरेपनि अंक दूरा फाराकिलो पार्ने बार्साको प्रयासमा धक्का लागेको छ । 
 
सेल्टाभिगोले स्पानियोललाई १–० ले हराउँदै रियाल मड्रिडसंगको अंक दूरी कम गरेको छ । लिगमा ग्रानाडाले लेभान्तेलाई २–१ ले हराउँदा सेभियाले स्पोर्टिङ गिजोनलाई २–० ले हरायो । लस पलमसले रियाल बेटिसलाई १–० ले हरायो । लिगमा शीर्ष स्थान कब्जा गरेर बसेको बार्साको ३५ अंक छ । ३२ अंकको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल मड्रिडको ३० अंक छ । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ