arrow

अहिलेको संविधान पूर्ण छैन् : महामन्त्री कोइराला

'संविधानको रक्षा गर्नका लागि दलहरु गम्भीर हुनुपर्छ'

logo
जीवन शर्मा,
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
sashanka-koirala-congress.jpeg
ओखलढुंगा। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधानको रक्षा गर्दै यसको कार्यान्वयनका लागि सबै ठुलादलहरु गम्भीर हुनुपर्ने बताएका छन्। ओखलढुंगाको रामपुरमा बिहिबार टान तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षलाई समेत साथमा लिएर अघि बढ्नु पर्ने बताएका हुन्।
 
संविधान कार्यन्वायनको चुनौति दिन प्रतिदिन गम्भीर भएको भन्दै कोइरालाले यसमा नेपाली कांग्रेस अत्यान्त चिन्तित रहेको र सबै राजनीतिक दलहरुसंग समेत विभिन्न चरणमा छलफल गरीरहेको बताए।
 
संविधान संसोधनका लागि मधेशीका कतिपय जायज मागहरुलाई सम्बोधन गरेर अघिबढ्नु अनिवार्य रहेको महामन्त्री कोइरालाको भनाइ छ।‘अहिलेको संविधान पूर्ण छैन्, उनले भने,‘ त्यसैले सबै राजनीतिक दलहरु विच संविधान शंसोधनको विषयमा उत्तिकै गम्भीर हुनुपर्ने अवस्था आएको छ ’
 
पहिले विभिन्न क्षेत्रबाट उठिरहेका जायज मागहरुलाई समेटेर संविधान संसोधन गर्नुपर्छ, अनिमात्रै संविधान कार्यान्वयन हुन्छ,र चुनाव गर्न सकिन्छ उनले भने।’ कोईरालाले संविधान कार्यान्वयन पछि मात्र विधिको शासन कायम हुने भएकाले सबै दल मिलेर त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए। स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि मुलुकले गति लिने भन्दै उनले भने,– ‘अहिलेको पहिलो आवश्यकता संविधान कार्यान्वयनको हो त्यसपछि चुनाव, त्यसैले यसका लागि सबै दलहरुले राष्ट्र प्रतिको कर्तव्य पुरा गर्नुपर्छ ,मिलेर अघि बढ्नुपर्छ।’
 
फरक प्रसंगमा कोइरालाले अख्तियार प्रमुख लोकमासिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अदालतमा गइसकेकाले त्यसको छाविन भइरहेको बताए। अहिले नेपाली कांग्रेसले महाअभियोग प्रस्तावलाई कार्यन्वायन गर्ने भन्ने विषयमा कुनै निर्णय नगरेको समेत प्रस्त पारे।  कोईरालाले जिल्लाको विकासका लागि ओखलढुंगाबाट निर्वाचीत सांसदहरुले खेलेको भूमिका देशमै नमुनाको रहेको भन्दै प्रशंसा समेत गरेका थिए। 
 
कार्यक्रममा संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधान कार्यन्वायनको चुनौति लाइ चिर्न दलहरु विच बृहत्त छलफल गरी संशोधनको विषयलाइ पनि संगै लौजानु पर्ने बताए।  डाइनेस्टीक हेलिकोप्टरमा ओखलढुंगा आएका कोइराला र घर्ति संगै सांसदहरु यज्ञराज सुनुवार, रामहरि खतिवडा लगाएतको सहभागिता थियो। ट्रेकिङ एजेन्सी एशोसीयसन अफ नेपाल (टान) र फ्रेन्सीप युवाक्लवको संयुक्त आयोजनामा आज देखि ओखलढुंगाको वरुणेश्वर रामपुरमा टान तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ