arrow

भारतीय राष्ट्रपति मुखर्जी जनकपुरमा, यस्तो भो स्वागत

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
mukharji-new-janakpur.jpeg

जनकपुर। नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर पुगेका छन्। काठमाडौँबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै शुक्रबार दिउँसो जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारीले स्वागत गरे । बाटोमा स्थानीय र विद्यार्थीहरुले समेत स्वागत गरेका छन्।

राष्ट्रपति मुखर्जीले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजा गरेका छन् । मुखर्जीले पूजा गर्ने समयमा जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश गर्न राेक लगाइएकाे थियाे । मुखर्जीको सम्मानमा जनकपुरवासीले नागरिक अभिनन्दन कार्यक्रम गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी कात्तिक १७ गते नेपाल आएका थिए।  भारतीय राष्ट्रपति मुखर्जी पोखरा पुगेर शुक्रबारै काठमाडौं हुँदै स्वदेश फर्कने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ