arrow

टर्कीमा कार बम विस्फोट, आठको मृत्यु, तीस घाइते

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
turkeybomb.jpeg
दियारबाकिर (टर्की)। टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको कार बम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् । प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् । 
 
विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो भने, धुँवा उडेको देखिएको थियो । विस्फोटपछि अन्य बन्दुक पड्केको आवाजहरु पनि आएका थिए । घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र कसैको पनि नाम ठेगाना थाहा नभएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । 
 
शुक्रबार सवेरै आतङककारी गतिविधिहरुको छानविन गर्न पिपुल्स डेमोक्रयाटिक पार्टीका उपाध्यक्ष फिगेन युक्सेक्डगलाई उहाँकै घरबाट नियन्त्रणमा लिईएको टर्कीको सरकारद्धारा सञ्चालित समाचार संस्था एनाडोलुले जनाएको छ । 
 
कुर्दिस समूदायको प्रतिनिधित्व रहेको संसदको तेस्रो ठूलो दल पिपुल्स डेमोक्रयाटिक पार्टीका नेता विरुद्ध टर्की सरकारले अहिले बृहत खोजविन गरिरहेको छ । संसदमा सो पार्टीको ५९ जना सांसद रहेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ