arrow

नेपाली काँग्रेसले प्रधानमन्त्री चयनमा मलाई सहयोग गर्छ : अध्यक्ष ओली

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1855067232.jpeg
काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले समेत आफूलाई प्रधानमन्त्री चयनमा सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान कार्यान्वयन, मुलुकमा देखिएको परिस्थिति र भूकम्पको पछिको पुनःनिर्माणको सन्दर्भमा प्रमुख दल मिलेर जानुपर्ने आवश्यकता भएको बताउनुभयो । 
 
अध्यक्ष ओलीले भन्नुभयो, “मलाई विश्वास छ, नेपाली काँग्रेसले पनि मलाई प्रधानमन्त्रीमा समर्थन गर्छ । सबैसँग मिलेर काम गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु ।” उहाँले दोस्रो संविधानसभाको निर्वाचनपछि काँग्रेस नेतृत्वमा सरकार बनाउन प्रस्ताव गर्ने एमाले नै भएको उल्लेख गर्दै एक वर्षभित्र संविधान जारी गरेर एमालेलाई सरकारको दिने सहमति त्यतिबेला पनि भएकाले पूर्व सहमति स्मरण गर्न नेकालाई आग्रह गर्नुभयो । 
 
प्रमुख राजनीतिक दलबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमतिमा संविधान जारी भएलगत्तै एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने ‘भद्र सहमति’ भएकै दाबी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा प्रतिनिधित्व गर्ने धेरैजसो दलले साझा उम्मेदवारको रुपमो मलाई उम्मेदवारी दिने निर्णय गरेका छन्, म विश्वास गर्छु काँग्रेसले जेजुकै निर्णय गरेको भएपनि विगतको सहमति तोड्नु हुन्न् । देशको अहिलेको आवश्यकता महसुस गर्नुपर्छ ।” 
 
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा उम्मेदवार बनाउने प्रस्तावका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत साना दल रहेका छन् । अध्यक्ष ओलीलाई संसद्मा रहेका १३ पार्टी र एक स्वतन्त्र सांसद गरी ३१९ जना सांसदले सहयोग गरेका छन् । हाल व्यवस्थापिका–संसद्मा ५९८ जना सांसद रहेका छन् । एकीकृत नेकपा(माओवादी)का सांसद डा बाबुराम भट्टराईले संसद् सदस्यबाट राजीनामा गर्नुभएपनि उहाँको राजीनामा भने स्वीकृत भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ