arrow

युरोकप फुटबल : कुन राष्ट्र कुन् समूहमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७२ मंसिर २७ आइतबार
euro-cup.jpg.jpeg
एजेन्सी । आउँदो वर्ष फ्रान्समा हुने युरोकप फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । च्याम्पियनसिपमा पहिलो पटक २४ टोली सहभागी हुँदै छन् । सहभागी हुने २४ टोली ६ समूहमा विभाजन भएका छन् । 
समूह ‘ए’ मा आयोजक फ्रान्ससहित रोमानिया, अल्बानिया र स्वीट्जरल्याण्ड छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया तथा समूह सी मा जर्मनी, युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् ।
 
युरोकप–२०१६ को समूह ‘डी’ मा स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया छन् । यस्तै, समूह ‘ई’ मा बेल्जियम, ईटली, गणतन्त्र आयरल्याण्ड र स्वीडेन छन् । अन्तिम एवं समूह ‘एफ’ मा पोर्चुगल, आइसल्याण्ड, अष्ट्रिया र हंगेरी छन् ।
वर्ष २०१६ जुन १० तारिखदेखि जुलाई १० सम्म फ्रान्सका विभिन्न शहरमा संचालन हुने युरोकप फुटबल प्रत्येक ६ समूहबाट दुई–दुई वटा टोली अर्को अघिल्लो चरणमा उक्लिने छन् ।
 
तेस्रो हुने ६ टोलीमध्येका उत्कृष्ट चार टोली समेत अघिल्लो चरण प्रवेशको अवसर पाउने छ । केही समय अघि मात्रै फान्सको राजधानी पेरिमा फुटबल खेल भइरहेको स्टेट डे रंगशालाबाहिर आक्रमण हुँदा युरोपियन फुटबल असुरक्षित बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ