arrow

‘चर्चा माधव नेपालको, केपी ओली हल बाँधेरै मुखर्जी भेट्न हायात’

मनमोहन प्रधानमन्त्री हुँदा बाहिरी प्रबन्ध सबै माधव नेपालले नै गरेका हुन् : ज्ञवाली

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
charcha-nepal-ko.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमाले भित्रको चिसो फेरि बढेको छ । पार्टी केन्द्रीय कार्यालयबाटै नेताहरुले पटक–पटक गुटबन्दी अन्त्य भएको सन्देश दिन खोजे तर, खोजेको जस्ता भएन ।

पछिल्लो समय सरकार ढलेको रन्कोले रन्थनिएको एमाले छिमेकी भारतप्रतिको व्यवहारबारे विभाजित भएको छ । वुधबार नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँगका भेटलाई लिएर घोष पेच सुरु भएको छ ।  अध्यक्ष केपी ओली पक्षधरले नेता माधव कुमार नेपाल एक्लै भेट्न गएको प्रति शंका गरेको छ । यद्यपि, ओली हुलै बाँधेर भेट्न गएका छन् । चर्चा माधव नेपालकाे बढी भएकाे छ ।

अध्यक्ष ओली पक्षधरले माधव नेपाल ढोंगी भएको भनेका छन् । नेता माधव नेपाल पक्षधर भने उनी नै एमालेको पुरानो नेता भएकैले सम्मानपूर्वक छुट्टै भेट दिइएको भनिरहेका छन् । यस्तै, नेपाल पक्षधरले ओली झन् हुलै बाँधेर भेट्न गएको टिप्पणी पनि गरेका छन् ।
 

माधव नेपाल पुराना नेता र बढी सम्बन्ध
माधव नेपाललाई पुराना नेता भएकैले सम्मान साथ भेट्न दिइएको एमाले उपाध्यक्ष युवराज ज्ञवाली बताए । ज्ञवालीले भने, ‘उहाँ नै हो एमालेको सिनियर नेता । भारतका नेताहरुसँग पहिले देखिनै राम्रो चिनजान र सम्बन्ध छ । पहिले देखि उहाँले महत्वपूर्ण एजेण्डाहरुमा कुरा गर्नु हुन्थ्यो ।’ पूर्व प्रधानमन्त्री पनि हो । त्यही आधारमा सम्मानपूर्व उहाँलाई भेट्न दिइएको हो, ज्ञवालीले थपे, ‘यसलाई अन्य अर्थमा लिनु पर्ने आवश्यकता छैन ।’

अनावश्यक चर्चा गर्नु हुँदैन । मुखर्जी पहिल्यै देखि नेता नेपालका परिचित मित्र हुन् । ज्ञवालीले भनेका छन्, ‘२०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सबै काम नेता नेपालले नै गर्नु भएको हो । त्यति बेला मुखर्जी मन्त्री हुनुहुन्थ्यो । उहाँसँग त्यही बेला देखि दोस्ती थियो ।’ मनमोहन सरकारका पालामा सबै उहाँले नै गर्नु भएको हो । अहिले पनि विदेश मामिला उहाँकै जिम्मामा छ ।

माधव नेपाल पूर्व प्रधानमन्त्री मात्र नभई रक्षा, परराष्ट्रमन्त्री भइसक्नु भएको मान्छे हो, ज्ञवालीले अगाडि भने, ‘ शिष्टाचार भेटमा हिजो के कुरा भएका थिए । आज भारतसँगको सम्बन्ध कसरी चिसियो । अब के गर्न सकिन्छ भन्ने कुरामा छलफल हुने हो । फरक खालका कुरा हुँदैनन् ।’ भारतका धेरै प्रधानमन्त्रीसँग पहिले देखि नेता नेपालको सम्बन्ध थियो । धेरै कुरा गरेका पनि छन् ।

नेता नेपाल पक्षधर एक नेताले भने व्यक्तिगत सम्बन्ध र पुरानो गुविलले सम्मानपूर्वक भेट दिइएको बताउँदै ओली भारत विरोधी भए किन हुल बाँधेर, टिम बोकेर भेट्न जान्थे भन्दै प्रतिप्रश्न गरे ? उनले भने, ‘अहिले नेता नेपाल पार्टी नेतृत्वमा नभएकाले पनि एक्लै भेट्नु स्वभाविक हो । संस्थागत र व्यक्तिगत सम्बन्ध तथा संवादको वास्तविक धरातल नबुझेर चर्चा गरिनु राम्रो होइन ।’ अहिलेको पुस्ताले राजनीतिक भू–धरातल बुझ्न आवश्यक छ ।
 

नेता नेपालका पछिपछि ओली हुल बाँधेर हायात पुगे  
एमाले अध्यक्ष केपी ओलीलाई भारतीय दूतावासमा भएको दिवाभोजमा निम्तो नआएको चर्चा चलेकैबीच ओली विहिबार बेलुकी सात जनाको हल बाँधेर हायात होटल पुगे ।

भारतीय दूतावासमा भएको कार्यक्रममा भने ओली गएका थिएनन् । एमाले पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले भने, ‘दूतावासका कार्यक्रममा जान आवश्यक नठानेर नजानु भएको हो । निम्तो आयो आएन भन्दा पनि संस्थागत रुपमा भेट गर्नु पर्ने भन्ने उहाँको जोड हो ।

पछि पार्टीगत रुपमा विहिबार हायातमा भेटवार्ता भयो ।’ राष्ट्रपतिलाई भेट्न कसैका दूतावास गइरहनु पर्ने भन्ने कुरा हुन्छ र ? उनले प्रतिप्रश्न गरे । त्यसअघि नेता नेपालले एक्ले भेट गरेकोबारे भने उनले व्यक्तिगत सम्बन्धका आधारमा भेट भएको होला–भने । उनले अगाडि थपे, ‘व्यक्तिगत सम्बन्धका आधारमा को कहाँ जान्छ । कस्लाई भेट्छ भन्ने कुराले त्यति अर्थ राख्दैन । भेट हुनु स्वभाविक हो । त्यसलाई चर्चा गर्नु पर्ने आवश्यकता पनि छैन ।’ पार्टीगत भेटको कुरा महत्वपूर्ण हो ।
 

को–को थिए ओलीका साथमा ?
हायात होटमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्न ओलीका साथमा उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, विदेश विभागका राजन भट्टराई लगायत सात जना थिए । भेटमा आपसी सद्भाव र सम्बन्धकै बारेमा कुरा भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ