arrow

अंगीकृत ड्राफ्टको हंगामा : तमलोपा उपाध्यक्ष त्रिपाठी यसो भन्छन्

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
Hridayesh-Tripathi-news.jpeg

काठमाडौं । सरकारले असन्तुष्ट दलहरुका माग सम्बोधन गर्न भनि संविधान संशोधनको खाका तयार पारेको भन्ने चर्चा चलेसँगै संविधानप्रति असन्तुष्ट दलहरु खण्डनमा उत्रिएका छन् ।

सरकारले संविधान संशोधन प्रस्ताव तयार गर्ने गृहकार्य गरिरहेकै सयमा उक्त खाका बाहिर आएपछि हंगामा भएको छ । सरकारले तयार पारेको भनिएको सो ड्राफ्टको अन्तिम बुँदामा अंगीकृत नागरिकता लिएको १० वर्षपछि कुनै पनि व्यक्ति राष्ट्रपति र प्रधानमन्त्रीसहित देशका महत्वपूर्ण पदमा आसीन हुन पाउने प्रस्ताव छ ।

खाकाको चर्चाकैबीच विवादित विषय मध्ये नागरिकता र भाषाको विषयमा सरकार र मधेसी मोर्चा सहमति नजिक पुगेका बताइएको छ । यस्तै, उक्त खाका बनाउन सरकार र संघीय गठबन्धन घटकहरुको अघोषित संयुक्त कार्यदल गठन भएको बताइँदैछ ।

दुवै पक्षले अघोषित रुपमा कार्यदल बनाई छलफल जारी राखेका र कार्यदलमा सरकारका तर्फबाट कांग्रेसका विमलेन्द्र निधि, रमेश लेखक र माओवादी केन्द्रका कृष्णबहादुर महरा छन् तथा मोर्चाबाट हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, मनिष सुमन, राजेन्द्र श्रेष्ठलगायत नेता रहेका उल्लेख छ ।

यद्यपि, तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले हाम्राकुरासँग भने, ‘कुन कार्यदल ? यहाँ कुनै कार्यदल भनेको छैन । मलाई कार्यदलबारे थाहा पनि छैन ।’ तपाईहरुले संविधान संशोधनको खाका पाएको समाचार कसरी आयो ? जवाफमा उनले भने, ‘कुनै मस्यौदा वा खाका हामीलाई आएको छैन । सरकार खाका तयार गर्दैछ भन्ने सुनेको चैं छुँ ।’

खाका आएको भनि चर्चा भएको विषयमा उनले भने, ‘मैले तपाईलाई बुझिने भाषामा नेपालीमा भन्दै छु, अन्डरलाइन गर्नुस्, मैले सुनेको छुँ एक दुई दिनमा सरकार मस्यौदा तयारीको काममा लाग्ने रे ! । यो भन्दा बाहेक हामीलाई अरु केही जानकारी नै प्राप्त भएको छैन ।’
यद्यपि, कांग्रेस नेता मीनबहादुर विश्वकर्माले कार्यदल बनेको र कांग्रेसबाट निधि, लेखक रहेको बताए ।

उनले भने, ‘आएको भनिएको खाकाबारे पार्टीमा छलफल भएको होइन । अब छलफल हुनु पर्ने हो । अंगीकृतको विषय हामीलाई नै मन परेको छैन । सीमाङ्कनबारे मधेसी मोर्चाभित्रै कुरा मिलेको छैन ।’ यसरी नेताहरुका विभिन्न खालका भनाई बाहिर आएपछि अख्तियार प्रमुखमाथिको महाभियोग र संविधान संशोधनको गतिविधिमा शंका उब्जिएको छ । यद्यपि, शीर्ष तहका नेताको हाइ सेक्रेसीका कारण धेरै विषय तत्काल बाहिर नखुल्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ