arrow

ला लिगा फुटबल : शीर्ष स्थानको भिल्लारियल पराजित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
72130586.jpeg
एजेन्सी । स्पेनिस लिग ला लिगामा शीर्ष स्थानको भिल्लारियल पराजित भएको छ । भिल्लारियल लेभान्तेको घरेलु मैदानमा १–० ले हारेको हो । लेभान्तेका डायभर्सनले ८३औं मिनेटमा निर्णायक गोल गरे ।
 
आइतबार राति भएका खेलमा रियाल बेटिस र एथ्लेटिक बिल्वाओ विजयी भए । रियाल बेटिसले रायो भायकानोलाई २–० ले तथा एथ्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३–१ ले हरायो ।
 
रियाल मड्रिड र एटलेटिको मड्रिडले १–१ को बराबरी खेल्दै अंक बाँडे । बराबरीले रियाल १५ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहेका सेल्टा भिगो र बार्सिलोना गोल अन्तरका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् । शीर्ष स्थानको भिल्लारियलको १६ अंक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ