arrow

माधव नेपालसँग संविधान संशोधनबारे के साेधिन् अमेरिकी राजदूत टेप्लिजले ?

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
makune-ra-teplij.jpeg

काठमाडौ‌ । पूर्वप्रधानमन्त्री तथा एमाले माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले शिष्टाचार भेट गरेकी छन् ।

वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताएको पार्टीका प्रचार विभागका सचिव विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधान संशोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा बरिष्ठ नेता नेपालले मधेसी दलहरुको मागअनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा बिनाकारण छिटो छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेका कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पारेको बताइएको छ ।

भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गरे ।

नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दल एक ठाउँमा आउने विश्वास गरेको विज्ञप्तिमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ