arrow

यो महिना भित्रै संविधान संशोधन हुन नसक्ने कारण यसो भनिन् सभामुखले

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
onsari.jpeg

विराटनगर । सभामुख ओनसरी घर्तिमगरले संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकै ठाउँमा आउनुको विकल्प नभएको बताएकी छन् ।

विराटनगर विमानास्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै सभामुख घर्तिमगरले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकाले त्यसका लागि सबै राजनीतिक दलहरुबीच गहन छलफल र वार्ता हुन जरुरी रहेको बताइन् ।

सभामुख घर्तिमगरले संविधान कार्यान्वयन नभएसम्म राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत हुन नसक्ने भन्दै दलहरु एक ठाउँ आउनुको विकल्प नरहेकामा जोड दिइन् ।

उनले भनिन्, ‘संविधान संसोधन प्रस्ताव संसदमा पेश भएपछि पनि परिपक्व हुन पाँच दिनको समय लाग्छ । संसद नियमावलीमा रहेकाले यो महिना भित्र संशोधन हुने संभावना छैन । यद्यपि जति सक्दो दलहरुले सहमति गरे त्यति छिटो हुनेमा भने शंका छैन ।’

 सभामुख घर्तीमगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रकृया संसद संचालन भएसंगै अगाडि बढ्ने जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ