arrow

सार्वजनिक स्थानमा फोहोर फाल्ने कारबाहीमा

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
fohar.jpeg
ललितपुर । नगर प्रहरीले ललितपुर उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही तीव्र बनाएको छ । 
 
साउनयता चार महिनामा मात्रै सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने करिब चार सयलाई कारबाहीको दायरामा ल्याइएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । उनले भने, “हामीले नेपाल प्रहरीसँग मिलेर नगर क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिरहेका छौँ ।” 
 
नगरपालिका अन्तर्गतको लगनखेल, कोपुण्डोल, नटोल, ज्वागल, सानेपा बागमती करिडोर लगायतका क्षेत्रलाई लक्षित गरेर अहिले कारबाही भइरहेको छ ।
 
 उपमहानगरपालिकामा अहिले गाभिएका स्थानमा समेत अनुगमन र कारबाहीलाई तीव्र बनाउने नगर प्रहरीको योजना छ । उनी भन्छन्, “उपमहानगरपालिकाको ३० ओटा नै वडामा कारबाही गर्ने योजना छ ।” 
 
स्थानीयवासी कतिपयले बुझेर त कतिले नबुझेर पनि सार्वजनिक स्थानमा फोहोर फाल्दै आएका छन् । सडकपेटी लगायतका सार्वजनिक स्थानमा फोहोर फाल्नु हुँदैन भन्ने जानकारी भएकालाई समेत फाल्दा कतिसम्म कारबाही हुन्छ भन्ने जानकारी हुँदैन । 
 
प्रमुख महर्जन भन्छन्, “हामीले कारबाहीसँगै जनचेतना फैलाउने काम पनि थालेका छौँ ।” 
 
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र स्वायत्त शासन ऐन, २०५५ को व्यवस्थाअनुसार सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कसुर अनुसारको कारबाही भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ