arrow

उर्लाबारीमा डेङगु सङ्क्रमितको संख्या पाँच पुग्यो

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
morang-news-map.jpeg

उर्लाबारी  । मोरङको उर्लाबारी क्षेत्रमा डेङगु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । उर्लाबारी–६ स्थित मङ्गलबारे अस्पतालका अनुसार थप एक जना पथरी शनिश्चरे–८ का विक्रम सुनारलाई डेङगु सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा डेङगु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको हो ।

यसअघि उर्लाबारी–१ की रामकुमारी राई, कमला श्रेष्ठ, उर्लाबारी–४ की सरिता थापा र लक्ष्मी साहको रगत परीक्षणमा डेङगु सङ्क्रमण भएको भेटिएको थियो ।

ज्वरो आएपछि मङ्गलबारे अस्पतालमा र गोदावरी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा डेङगु सङ्क्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य मोरङको टोलीले रगत परीक्षण गरेको थियो । रगत परीक्षणबाट डेङगु प्रमाणित भएको जनस्वास्थ्यका ल्याब टेक्निसियन राजु राउतले जानकारी दिए ।

चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङगु सर्छ । यो लामुखुट्टेले जमेको सफा पानीमा लार्भा हुर्काउँछ । यसैबीच उर्लाबारी क्षेत्रमाडेङगुका बिरामी फेला परेपछि उर्लाबारी नगरपालिका, मङ्गलबारे अस्पताल र जिल्ला जनस्वाथ्य कार्यालयले लार्भा नष्ट अभियान सुरु गरेको भेक्टर कन्ट्रोल सुपरभाइजर रामकुमार लामाले जानकारी दिए ।

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानअन्तर्गत उर्लाबारीको ३ र ४ नं वडामा विषादी छर्किन सुरु गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ