arrow

प्रचण्ड–ओलीबीच वान् टु वान् वार्ता, के हुँदै छ कुरा ?

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
oli-dahal-bhet-baluwa-@@.jpg.jpeg

काठमाडौं । सरकारले शुक्रबार बस्ने संसद बैठकमा संविधान संशोधनको प्रस्ताव लैजाने गरी छलफल अघि बढाएको छ । सोही प्रयत्नका लागि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा ‘वान् टु वान्’ वार्ता भइरहको छ ।

सभामुख ओनसरी घर्तीमगरको च्याम्बरमा भइरेको छलफलमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका स्वकिय उपसचिव मनोहरि तिम्सिनाले जानकारी दिए । उनले भने, ‘छलफल संशोधन प्रस्ताव कसरी लैजाने भन्ने बारे नै भइरहेको हो । छलफल भइरहेकाले निष्कर्ष आएको छैन ।’

यस्तै, छलफलमा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा समेत छलफल भएको छ । प्रधानमन्त्री दाहाल शुक्रबार उद्योगीहरुसँगको छलफलका लागि विराटनगर जाने भएकाले छलफल टुंग्याउने नै भनिएको तिम्सिनाले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ