arrow

शिक्षामा समुदायको सहभागिता महत्वपूर्ण : उपकुलपति खनिया

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
844363827.jpeg
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले शिक्षाको विकासमा समुदायको सहभागिता महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौँ शिक्षा क्याम्पसद्वारा विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्का अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले समुदायको सहभागितामा सञ्चालित शैक्षिक संस्थाको सफलता सकारात्मक छ भन्नुभयो । सांसद राजेन्द्रकुमार केसीले समुदायको सहभागितामा सञ्चालित काठमाडौँ शिक्षा क्याम्पसले शिक्षाको विकासमा पु¥याएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । 
 
सांसद कान्ता भट्टराईले क्याम्पसको निर्माणाधीन भवनका लागि सांसद विकास कोषबाट रु २० लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्याम्पस सञ्चालक समितिका सभापति प्रा डा माधव भट्टराईले क्याम्पसको रु तीन करोड ५० लाखको लागतमा चन्द्रागिरी नगरपालिका वडा नं १५ मा पाँच तले निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 
 
सञ्चालक समिति सदस्य गौरीप्रसाद दवाडी, क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ता, शिक्षण प्रमुख लोकनाथ भट्टराईलगायतले गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि क्याम्पसले अनवरत प्रयास गरेको र आगामी दिनमा विभिन्न आधुनिक तथा प्राविधिक विषयको पठनपाठनका लागि उन्मुख भएको बताउनुभयो । 
 
विसं २०४८ देखि सञ्चालनमा आएको क्याम्पसले शिक्षाशास्त्रतर्फ स्नातक तथा स्नातकोत्तर तहका विभिन्न विषयमा कक्षा सञ्चालन गर्नुका साथै विभिन्न प्राज्ञिक तालिम, अनुसन्धान र उच्च माध्यमिक तहका कक्षा सञ्चालन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ