बनेपा। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गाडेको झन्डा शनिबार प्रहरीले हटाएको छ ।
अरुको जग्गामा माओवादीले जबर्जस्ती गर्न खाजेको भन्दै त्यहाँ गाडेको झन्डा हटाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
माओवादीले अरबौँको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र कालोबजारीमा भूमिका निर्वाह गरेकाले जग्गामा झन्डा गाडेको जिकिर गरेको छ । सो जग्गाको क्षेत्रफल १४० रोपनी भएको बताइएको छ ।