arrow

पर्यटकलाई लोभ्याउने स्थल बाहुनथान

बाहुनथान आध्यात्मिक पर्यटकीय क्षेत्र बन्दै

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
syangja-tourisium.jpeg
स्याङ्जा। धार्मिक, साँस्कृतिक, प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेका बेला बाहुनथानलाई आध्यात्मीक पर्यटकीय गन्तव्य बनाउने  प्रयासमा भएको छ । स्याङ्जाको वालिङ नगरपालिका स्थित बाहुनथान क्षेत्रलाई आध्यात्मीक पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न स्थानीयहरु लागिपरेका छन् । स्याङ्जामा आउने विदेशी वा स्वदेशी पर्यटकहरुलाई भुलाउन पनि अर्को गन्तव्यका रुपमा लिन खोजीएको स्थानीयहरु बताउछन्। 
 
स्याङ्जा सदरमुकामबाट करिव ३० किलोमिटर राजमार्गको यात्रा सकेपछि वालिङबाट ३० मिनेटमा पैदल या सवारी साधनमा कच्ची सडकबाट पुग्न सकिने स्थान हो बाहुनथान क्षेत्र । करिव २.२६ हेक्टर सार्वजनिक जग्गालाई व्यवस्थित गरेर यहाँका स्थानीयहरुले वालिङ आउने पर्यटकहरुलाई भुलाउने गन्तव्यका रुपमा आध्यात्मीक क्षेत्र बनाउन जुटेका छन् । जिल्ला वन कार्यालय, जिल्ला विकास समिति, वालिङ नगरपालिका कार्यालय स्याङ्जा र हरियो वन कार्यक्रमको संयुक्त पहलमा विभिन्न धार्मिक जातका विरुवाहरु बृक्षारोपण गरिसकिएको छ । बाहुनथान आध्यात्मीक पर्यटकीय विपि उद्यान केन्द्रको रुपमा संस्था दर्ता गरी यस क्षेत्रको संरक्षण र पर्यटकीय प्रवद्धनका लागि स्थानीयहरुले कामको थालनी समेत शुरुवात गरेका छन्  
 
समुन्द्री सतहबाट करिव ११ सय मिटर उचाइमा रहेको बाहुनथानबाट जिल्लाका विभिन्न क्षेत्रको अवलोकनका साथै हिमश्रखलाहरु, नागबेली झै वगेको आँधीखोला, आफ्नै काखमा रहेको झै भान हुने गरी देखिने वालिङ बजार, स्वरेक मैदानबाट उड्ने प्यारासुट लगायतको एकै ठाँउमा बसेर अवलोकन गर्न सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभ्याउन सकिने स्थानीयहरु बताउछन् । रमणीय क्षेत्र भएकाले यस बाहुनथान सम्म आउने बाटोलाई व्यवस्थित गर्नु पर्ने, विद्युतको सुविधा लगायतको पुर्वाधार पहिला विकास गर्न सकिएमा यहाँ आउने पर्यटकहरुलाई केही सजिलो हुने नगेन्द्रकुमार जोशी बताउछन् । पारिवारिक सगै रमाइलो गर्न बाहुनथान पुगेका जोशीले भने,“दिनभरी खान भन्दापनि हेरेर आनन्द हुने क्षेत्र रहेछ बाहुनथान ।” भौतिक पूर्वाधार सगै पर्यटकीय स्थलको रुपमा विकास गर्न यो उपयुक्त क्षेत्र रहेको छ जोशीले थपे। पर्यटकीय गन्तव्य स्थलहरु फरक फरक गुणका भएपनि राज्यले चासो नदिदा स्याङ्जा अधिकांश क्षेत्रहरु ओझेलमा पर्दै आएका छन् । स्थानीयले मात्रै यस्ता क्षेत्रको विकास गर्न कठिन हुने भएकाले सरकार र स्थानीयहरु सबै एकजुट हुन सकेमा यो क्षेत्रलाई जुन किसिमले विकसित गर्न खोजीएको हो त्यसरी नै पुरा हुने स्थानीय गोपिकृष्ण तिवारी बताउछन् । 
यस क्षेत्रले धार्मिक खोजीको रुपमा विकास गर्न धार्मिक विरुवा बृक्षारोपण सगै शिव र पार्वतीको ठुलो मुर्ति बनाउने अभियानमा समिति लागेको छ । यो क्षेत्र उत्पादनमुलक नभएपनि वातावरण प्रदुशित न्युनिकरणमा समेत टेवा दिने भएकाले पनि यो क्षेत्र निकै महत्वपूर्ण हुने समितिले जनाएको छ । 
धार्मिक रुपमा पनि चार बस्तु देख्न पाईने स्थान निकै उत्तम मानिने भएकाले पनि यहाँबाट चार बस्तुको अवलोकन गर्न सकिन्छ समितिका अध्यक्ष गोविन्द पंगेनीले भने,“ यस क्षेत्रबाट नगरपालिका मात्रै नियाल्ने होइन यहाँबाट हिमश्रखला, नदी, जंगल र शहर नियालेर मनोरञ्नात्मक सगै आध्यात्मीक पनि होस भन्ने हाम्रो चाहना हो ।” लोप हुन लागेको ब्राहमणहरुको संस्कृति साँस्कृतिक भजन कृतन समेत दैनिक रुपमा गर्ने योजना रहेको छ । यस क्षेत्रमा पुग्ने बाह्रय वा आन्तरिक पर्यटकहरुलाई इच्छा अनुसारको मनोरञ्नका साथै आध्यात्मीक बनाउन सजिलो हुने समितिको भनाई छ । प्राकृतिक मनोरञ्जन, साँस्कृति र धार्मिक मनोरञ्जन लिइएर रमाएका पर्यटकहरुलाई यो क्षेत्रले सबै पुरा गर्ने योजना सहित अगाडी बढेकाले पर्यटकहरुको राम्रो गन्तव्यका रुपमा लिन सकिन्छ । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न राज्यले पनि पहल गर्ने हो भने वालिङ आर्थिक समृद्धि सगै पर्यटकहरुको आगमन पनि बढ्ने देखिन्छ । 
 
तस्विरः श्रीकृष्ण सिग्देल, स्याङ्जा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ