arrow

क्याडाभर डिसेक्सन कोर्ष सम्पन्न

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
Till.jpg.jpeg
काठमाडौं । नेप्लिज सोसाइटी फर अकुलोप्लाष्टिक सर्जनस्, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीको संयूक्त आयोजनामा आँखाको प्लाष्टिक शल्यक्रियामा भएका नयाँ प्रविधिको बारेमा जानकारी दिन, त्यसलाई समय सापेक्ष उपयोग गर्ने र जनशक्तिको उत्पादनको उद्देश्यले मंसिर २६ र २७ गते २ दिने क्याडाभर डिसेक्सन र्कोष फर इन्डोस्कोपी डि सि आर (मृत शरिरमा शल्यक्रियाको अभ्यास गरिने कोर्ष) कार्यशालाको आयोजना गरियो । जसमा यस सम्बन्धि स्वदेशी तथा विदेशी विशषज्ञहरु साथै अन्य नेत्र विशेषज्ञ र आवासिय नेत्र चिकित्सक गरेर करिव ६० जनाको सहभागिता रहेको थियो । 

तिलगंगा आँखा प्रतिष्ठानमा आयोजना गरिएको यस कार्यशाला को पहिलो दिनमा १ जना राष्ट्रिय (नेपालबाट डा. रोहित सैंजु) र ४ जना अन्तराष्ट्रिय (थाइल्याण्डबाट डा. नतावट वानुम्क्राङ्ग साथै उनका टिम) सहितको विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । दोश्रो दिनमा नेपाल मेडिकल कलेजमा मृत शरिरमा १० जना डाक्टरहरुले शल्यक्रिया अभ्यास गरेका थिए । डा. नतावट वानुम्क्राङ्ग एसिया प्रशान्त क्षेत्रको ख्यातिप्राप्त डाक्टरहरुमध्ये एक हुन् । उनले आफ्नै प्रत्यक्ष निगरानीमा  यस किसिमको शल्यक्रिया सिकाएका हुन् । 

अकुलोप्लाष्टिक सर्जन डा. रोहित सैंजुका अनुसार, यस किसिमको शल्यक्रिया आँखाको आसु जाने नली बन्द भएर आँखाबाट पिप बगिरहने अवस्थामा गरिन्छ । यस पद्धतीको विशेषता बाहिरी छालामा कुनै पनि घाउ दाग नबनाईकन इन्डोस्कपीको सहायताले शल्यक्रिया गरिन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा आँखामा आसु आइरहने समस्या तुलनात्मक रुपमा धेरै जसो महिलालाई हुने गरेता पनि जन्मजात बच्चा देखि लिएर जुनसुकै उमेरको मानिसमा हुने गर्दछ । तिलगंगा आँखा प्रतिष्ठानमा यसको उपचार सन् २००८ देखि शुरु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ